MENU

खेल

Ncell Axiata
USAID

धर्मसेना विश्वकप क्रिकेटको फाइनल खेल्ने र खेलाउने पहिलो व्यक्ति

काठमाडौं, चैत १५ – श्रीलंकाका कुमार धर्मसेना विश्वकप क्रिकेटको फाइनल खेल खेल्ने र खेलाउने पहिलो व्यक्ति बनेका छन् । सन् १९९६ मा श्रीलंकाले विश्वकप क्रिकेटको उपाधि जितेका बेला टोलीको सदस्य रहेका धर्मसेनाले १९ वर्षपछि भएको विश्वकप क्रिकेट २०१५ को फाइनल खेल खेलाउँदै इतिहास रचेका हुन् ।

सन् १९९६ को विश्वकपमा श्रीलंकाले अष्ट्रेलियालाई नै पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । श्रीलंकाका लागि धर्मसेनाले १ सय ४१ एक दिवसीय र ३१ टेष्ट क्रिकेट खेलेका छन् ।

सन् २००९ मा एक दिवसीय र २०१० मा टेष्ट क्रिकेटमा अम्पायरिङ सुरु गरेका धर्मसेनाले  अहिलेसम्म ६५ एक दिवसीय, २९ टेष्ट र १७ ट्वेन्टी–ट्वेन्टी खेलमा अम्पायरको भूमिका निभाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया