MENU

खेल

Ncell Axiata
sagun

विश्वकप क्रिकेट २०१५ : बलिङका सुपरस्टार

काठमाडौं, चैत १५ – अष्ट्रेलियाले उपाधि जितसँधै विश्वकप क्रिकेट २०१५ सकिएको छ । यो विश्वकपमा केहि नाम चलेका र आशा गरिएका खेलाडी फ्लप भए भने केहि खेलाडी नयाँ स्टार बनेर उदाय । यो विश्वकपमा ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका १० बलर :

१.मिचेल स्टार्च (अष्ट्रेलिया)

पहिलो विश्वकप खेलिरहेका अष्ट्रेलियाका मिचेल स्टार्च एघारौ विश्वकप क्रिकेटमा सर्वाधिक सफल बलर भए । विश्वकपका ९ खेलेका स्टार्चले दशको औसतमा सर्वाधिक २२ विकेट लिए । एक खेलमा ४ र एक खेलमा ६ विकेट लिएका स्टार्च प्रतियोगिताकै सर्वाधिक इकोनोमिक बलर समेत भए । म्यान अफ द सिरिज घोषित उनले ३  दशमलव ५ को इकोनोमिक बलिङ गरेका थिए ।

२.ट्रेण्ट बोल्ट (न्युजिल्याण्ड)

पहिलो विश्वकपनै खेलिरहेका न्युजिल्याण्डका युवा वलर ट्रेण्ट बोल्ट पनि प्रतियोगितको सफल वलरको दोश्रो स्थानमा रहे । मिचेल स्टार्च सँगै २२ विकेट लिएका वोल्टले ९ खेलमा १६ दशमलब ८६ को औसतले विकेट लिएका थिए । प्रतियोगितामा एक पटक चार र एक पटक ६ विकेट लिएका वोल्टले विश्वका उत्कृष्ट ब्याट्समेनहरुलाई समेत पवेलियनको बाटो देखाए ।

३.उमेश यादव (भारत)

यस विश्वकपमा एसियन बलर मध्ये सबैभन्दा सफल बलरको रुपमा भारतिय उमेश यादव अग्रस्थानमा रहे । प्रतियोगिताको सफल बलरको सूचिमा तेश्रो स्थानमा रहेका यादबले ८ खेलमा १७ दशमलव ८३ को औसतमा १८ विकेट लिए । करिब पाँच रनको इकोनोमीमा बलिङ गरेका यादवले २ खेलमा ४ विकेट लिए ।

४.मोर्ने मोर्केल (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका लागि निकै सफल सावित भएका मोर्ने मोर्केल विश्वकपमा सफल बलरको सुचिमा चौथो स्थानमा रहे । प्रतियोगितामा दक्षिण अफ्रिका सेमिफाइनलसम्म पुग्दा महत्वपुर्ण योगदान गरेका मोर्केलले ८ खेलमा १७ दशमलव ५८ को औसतमा १७ विकेट लिए । सेमिफाइनल खेलमा उत्कृष्ट बलिङका बाबजुत आफ्नो टोलीलाई जित दिलाउन नसकेका उनले ४ दशमलव ३८ को इकोनोमीमा बलिङ गरेका थिए ।

५.मोहम्मद सामी (भारत)

विश्वकपमा सफल बलरका रुपमा आएका अर्का भारतीय क्रिकेटर हुन मोहम्मद सामी । सुरुवातदेखीनै उत्कृष्ट बलिङ गरेका सामीले ७ खेलमा १७ दशमलव २९ को औसतमा १७ विकेट लिए । प्रतियोगितामा एक खेलमा ४ किकेट लिएका सामीले ४ दशमलव ८१ को इकोनोमीमा बलिङ गरेका थिए ।

६.जेरमी टेलर (वेष्ट इण्डिज)

दुई पटकको विश्वकप विजेता वेष्ट इण्डिज क्वाटरफाइनल भन्दा माथि जान नसकेपनि वेष्ट इण्डिजका बलर जेरमी टेलर भने सफल रहे । उत्कृष्ट १० बलरको सूचिमा परेका एकमात्र क्यारेवियन बलर टेलरले विश्वकपमा खेलेका ७ खेलमा १९ दशमलव २९ को औसतमा १७ विकेट लिए । प्रतियोगितामा टेलरले ५ दशमलव ७ को इकोनोमिमा बलिङ गरेका थिए ।

७. वाहब रिज (पाकिस्तान)

विश्वकपमा धारिलो पाकिस्तानि वलरको रुपमा प्रस्तुत भएका वाहब रिज प्रतियोगितामा सफल बलरको सुचिमा सातौ स्थानमा रहे । खेलको अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्न माहिर रिजले प्रतियोगितामा २३ को औसतमा १६ विकेट लिए । ७ खेल खेलेका रिजले ५ दशमलव ५६ को इकोनोमीमा बलिङ गरेका थिए ।

८.इमरान ताहिर (दक्षिण अफ्रिका)

अष्ट्रेलिया र न्युजिल्याण्डमा भएको विश्वकपमा दुई स्पिनर मात्र सफल बलरको सूचिमा अटाए । ति मध्ये एक हुन दक्षिण अफ्रिकाका इमरान ताहिर । दक्षिण अफ्रिका सेमिफाइनलसम्म पुग्दा उत्कृष्ट बलिङ गरेका ताहिरले खेलेका ८ खेलमा २१ दशमलव ७३ को औसतमा १५ विकेट लिए । एक खेलमा ५ र एक खेलमा ४ विकेट लिएका ३६ वर्षका ताहिरले ४ दशमलव २३ को इकोनोमीमा बलिङ गरे ।

९.मिचेल जोन्सन (अष्ट्रेलिया)

अष्ट्रेलियालाई विश्वकप जिताउन महत्वपुर्ण भूमिका तीव्र गतिका बलर मिचेल जोन्सनको पनि रह्यो । ८ खेल खेलेका जोन्सनले २१ दशमलव ७३ को औसतमा १५ विकेट लिए । एक खेलमा ४ विकेट लिएका जोन्सनले ५ दशमलव १३ को इकोनोमीमा बलिङ गरे ।

१०.डेनियल भिटोरी (न्युजिल्याण्ड)

विश्वकपको समाप्तिसँगै सन्यास लिएका न्युजिल्याण्डका डेनियल भिटोरी यस विश्वकपमा सफल बलरको सूचिको दशौं स्थानमा रहे । भिटोरीले ९ खेलमा २० दशमलव ४६ को औसतले १५ विकेट लिए । प्रतियोगितामा एक खेलमा ४ विकेट लिएका ३६ वर्षका भिटोरीले ४ दशमलव शुन्य ४ को इकोनोमीमा बलिङ गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया