MENU

खेल

Ncell Axiata
sagun

आइसिसीले छान्यो ड्रिम टिम, भारतका एक जना पनि परेनन्

काठमाडौं, चैत १६  - आइसिसीले विश्वकप क्रिकेट २०१५ को टिम घोषणा गरेको छ । विश्वकप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छानेर आइसिसीले टिम अफ द आइसिसी क्रिकेट वर्ल्ड कप २०१५ घोषणा गरेको हो ।

आइसिसीको ड्रिम टिम समेत भनिने यो टिममा न्युजिल्याण्डका कप्तान ब्रेण्डन म्याकुलमसहित ५ खेलाडी परेका छन् । म्याकुलमलाई यो टिमको पनि कप्तान बनाईएको छ । भारत र पाकिस्तानका एक जना खेलाडी पनि यो टिममा परेनन् । विज्ञहरु सहभागी टिमले टिम अफ द आइसिसी क्रिकेट वर्ल्ड कप २०१५ छनौट गरेको आइसिसीले स्पष्ट पारेको छ ।  आइसिसीका क्रिकेट सम्बन्धी जनरल म्यानेजर तथा टिम छनौट गर्ने टोलीका अध्यक्ष जिओफ अल्लार्डेकले १२ जना खेलाडी छनौट गर्न निक्कै कठिन भएको बताउनुभयो । यो विश्वकपमा २ दोहोरो शतक र ३८ शतक बनेको तथा बलरहरुले पनि २ ह्याट्रिकसहित २८ पटक ४ विकेट लिएका थिए ।

आइसिसीले घोषणा गरेको टिमको ब्याटिङ अर्डर :

मार्टिन गुप्टिल – न्युजिल्याण्ड
ब्रेण्डन म्याकुलमा – न्युजिल्याण्ड (कप्तान)
कुमारा सांगाकार – श्रीलंका (विकेटकिपर)
स्टेभेन स्मिथ – अष्ट्रेलिया
एबी डि भिलियर्स – दक्षिण अफ्रिका
ग्लेन म्याक्सवेल – अष्ट्रेलिया
कोरे एन्डर्सन – न्युजिल्याण्ड
डेनियल भिट्टोरी – न्युजिल्याण्ड
मिचेल स्टार्क – अष्ट्रेलिया
ट्रेन्ट बोल्ट – न्युजिल्याण्ड
मोर्ने मोर्केल – दक्षिण अफ्रिका
ब्रेण्डन टेलर – जिम्बाबे (१२ औं खेलाडी)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया