MENU

खेल

Ncell Axiata
sagun

विश्वकप क्रिकेट २०१५ इतिहासकै चर्चित : आइसिसी

काठमाडौं, चैत १६ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का अध्यक्ष नारायणस्वामी श्रीनिवासनले एघारौं संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता इतिहासकै चर्चित भएको बताएका छन् ।

पाँचौ पटक विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएकोमा अष्ट्रेलियालाई बधाई दिँदै श्रीनिवासनले ५० ओभरको विश्वकप क्रिकेट सफल रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने प्रायोजक, दर्शक, संञ्चारमाध्यम र प्रतियोगिताको जिम्मा लिने अष्ट्रेलिया र न्युजिल्याण्डलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।

विश्वकपका सबै खेल उत्कृष्ट भएको बताउँदै उनले विश्वकप आयोजना गर्नका लागि न्युजिल्याण्ड र अष्ट्रेलियन क्रिकेट बोर्डले गरेको मेहनत प्रशंसनिय रहेको बताए । श्रीनिवासनले विश्वकपका सबै खेल अनुशासित ढंगले सम्पन्न गर्नका लागि अम्पायरले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अम्पायरको समेत प्रशंसा गरेका छन् ।

उनले सन् २०१९ मा इंग्ल्याण्डमा हुने १२ औं संस्करणको विश्वकपमा समेत सबैको साथ पाउनेमा विश्वस्त रहेको र आगामी विश्वकप यो भन्दा बढि यादगार बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया