MENU

खेल

Ncell Axiata
USAID

​पाकिस्तानमा जन्मिएका अहमद अष्ट्रेलियाली टेष्ट टिममा

काठमाडौं, चैत १७ - पाकिस्तानमा जन्मिएका क्रिकेटर फवद अहमद अष्ट्रेलियाली टेष्ट टिममा परेका छन् । इंग्ल्याण्डसँगको एसेस श्रृखलाका लागि क्रिकेट अष्ट्रेलियाले अहमदलाई १७ सदस्यीय टेष्ट टिममा राखेको हो । पाकिस्तानको उत्तरपश्चिमी सिमान्त प्रान्तमा जन्मिएका ३३ वर्षको अहमदले सन् २०१० मा अष्ट्रेलियामा शरण मागेका थिए । त्यसपछि उनलाई अष्ट्रेलियाले फ्रास्ट ट्रयाकबाट उनको निवेदनलाई अघि बढाएर नागरिकता दिएको थियो ।  उनले अष्ट्रेलियाका लागि यसअघि नै ३ वटा एक दिवसीय क्रिकेट र २ वटा ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेका थिए । तर टेष्ट टिममा भने स्थान पाएका थिएनन् ।

यो वर्षको विश्वकप जितेको अष्ट्रेलियाले ४ महिनापछि हुने इंग्ल्याण्डसँगको एसेस श्रृखलाका लागि मडिल सेक्सका कप्तान एडम भोगासलाई पनि टेष्ट टिममा समावेश गरेको छ । घरेलु क्रिकेटमा उच्च प्रदर्शन गरेका कारण अहमद र भोगासले अष्ट्रेलियाली टेष्ट टिममा स्थान बनाएका हुन् । इंग्ल्याण्डसँगको श्रृखला अघि अष्ट्रेलियाले वेष्ट इण्डजसँग २ म्याचको श्रृखला खेल्ने छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया