MENU

खेल

Ncell Axiata
USAID

एकदिवसीय क्रिकेटको उत्कृष्ट बलरमा स्टार्क र ब्याट्सम्यानमा डी भिलियर्स

काठमाडौं, चैत १७ – विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट बलिङ प्रर्दशन गर्दै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका अष्ट्रेलियाका तिब्र गतिका बलर मिचेल स्टार्क एकदिवसीय क्रिकेटको  उत्कृष्ट बलरको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । आइसिसीले जारी गर्ने औपचारीक सुचिमा  ७ सय ८३ अंकका साथ स्टार्च बलरको सूचीमा शिर्ष स्थानमा उक्लिएका हुन् । त्यस्तै बलरको सूचीमा क्रमशः दक्षिण अफ्रिकाका इमरान ताहिर दोश्रो, पाकिस्तानका सहिद अजमल तेश्रो, दक्षिण अफ्रिकाकै डेल स्टेन चौथो, वेष्ट इण्डिजका सुनिल नारान पाँचौं स्थानमा रहन सफल भएका छन् ।

विश्वकपमा नै उत्कृष्ट प्रर्दशन गरेका न्युजिल्याण्डका ट्रेण्ट बोल्ट छैंटौं, अष्ट्रेलियाका मिचेल जोन्सन सातौं, इंग्ल्याण्डका जेम्स एण्डरसन आठौं, दक्षिण अफ्रिकाका मोर्ने मोर्केल नवौं र बंगलादेशका सकिब अल हसन दशौं स्थानमा रहेका छन् ।

ब्याट्सम्यानमा डी भिलियर्स शीर्ष स्थानमा

ब्याट्सम्यानको सूचीमा भने दक्षिण अफ्रिकी कप्तान एबी डी भिलियर्स ९ सय २ अंकका साथ पाहिलो स्थानमा उक्लिएका छन् । डी भिलियर्स विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा तेश्रो स्थानमा थिए । त्यस्तै उत्कृष्ट एकदिवसीय ब्याट्सम्यानको सूचीमा क्रशः दोश्रो स्थानमा श्रीलंकाका कुमार सांगाकारा, तेश्रोमा दक्षिण अफ्रिकाका हसिम अमला, चौथोमा भारतका विराट कोहली र पाँचौं स्थानमा श्रीलंकाका तिलकरत्ने दिल्सान छन् । 

यसैगरी छैटौं स्थानमा भारतका शिखर धवन, सातौंमा न्युजिल्याण्डका केन विलिम्सन, आठौंमा भारतका कप्तान महेन्द्रसिंह धोनी, नवौंमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र दशौंमा अष्ट्रेलियाकै जर्ज वेल्ली छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया