MENU

खेल

Ncell Axiata
NIC Asia

भूकम्प पीडित खेलाडीलाई जापानिज क्लबको सहयोग

काठमाडौं, वैशाख २८ – जापानको खेल संस्थाले नेपालका भूकम्प पीडित खेलाडीको घर टहरा निर्माणका लागि सहयोग हस्तान्तरण गरेको छ । गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पबाट प्रभावित बेशवल खेलाडीको लागि लालीगुँरास क्लब जापान र योदोगावा जापानले संयुक्तरुपमा घर टहरा निर्माणका लागि आवश्यक सामग्री सहयोग हस्तान्तरण गरेको हो । 

भक्तपुरको चागुँनारायन नगरपालिका छालिङ्गका ३५ वटा घर टहरा निर्माणको लागि आवश्यक जस्तापाताहरु र चामल, लत्ता कपडालगायतका आवश्यक सामग्री सहयोग हस्तान्तरण गरेको हो ।
पहिलो चरण अन्तर्गतको सहयोग क्लबका अध्यक्ष योही कोबायासी र महासचिव सुजुकी हिदेतोसीले हस्तान्तरण गर्नु भएको हो । 

पाँच दिनका लागि नेपाल आएको टोलीले बेशवल खेलाडीहरुको लागि दीर्घकालिन आवास पुनस्र्थापनाको विशेष कार्यक्रम घोषण गर्ने पनि जानकारी गराएको छ । क्लबका अध्यक्ष योही कोबायासीले भूकम्पका कारण लाखौं जनता प्रभावित भएको र प्रभावित अधिकांशको जीवन बचाउन सहयोग आवश्यक भएको भन्दै सहयोगको राशी बढाउन अन्तर्राष्ट्रिय समुदाय र जापान सरकारसँग आग्रहसमेत गनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया