MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

भूकम्पसम्बन्धी जानकारी मोबाइल एप्स र टोलफ्रि नम्बरबाट

काठमाडौं, जेठ २ – के तपाइँ भूकम्पबारे जिज्ञासु हुनुहुन्छ ? यदि भूकम्पका बारेमा धेरै जिज्ञासा राख्नुहुन्छ भने अब ढुक्क हुनुहोस्, किनकी तपाइँको जिज्ञासालाई मेटाइदिने छ – एक क्लिकको भरमा मोबाइल एप्सले ।

नेपाल अर्थक्वेक अपडेट नामक मोबाइल एप्स सफ्टवेयरबाट भूकम्प गएपछि कति रेक्टर र कुन क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भनी विस्तृत जानकारी लिन सकिनेछ । यसबाट भूकम्पको पराकम्पन गएको अघिल्लो दिन र पछिका महिना तथा एक वर्षसम्मका जानकारी लिन सकिन्छ ।

भूकम्प गएपछि सकेसम्म जनतालाई चाँडो जानकारी दिलाउने उद्देश्यले नेपाल अर्थक्वेक अपडेट एप्स निर्माण गरिएको उक्त एप्सका डिभलपर मनोहरलाल श्रेष्ठले बताउनुभयो । यो एप्स १.१ एमबीको मात्र क्षमता भएकाले चाडो खुल्छ । यसमा चार रेक्टर स्केल माथिका मात्र भूकम्प र यसका पराकम्पन राखिनेछन् ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले दिएको विवरणपछि मात्र एप्समा राखिने हुनाले भूकम्प गएपछि कम्तीमा पाँच मिनेटमा जानकारी लिन सकिने एप्स डिजाइनर सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

एन्ड्रोइड मोबाइलमा गुगल प्लसबाट डाउनलोड गरी निःशुल्क प्रयोग गर्न सकिने यो एप्समा अरु सुविधा थप्दै जाने र यसलाई विश्वभरबाट प्रयोग गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । खानी तथा भूगर्भ विभागको सहयोगमा श्रेष्ठद्वयले भूकम्पसम्बन्धी जानकारी दिने मोबाइल एप्स बनाउनु भएको हो ।

यस्तै, भूकम्पबारे जनतालाई सहजरुपमा जानकारी दिलाउनका लागि राष्ट्रिय भूकम्पमापन केन्द्रले नेपाल टेलिकमसँगको सहकार्यमा पैसा नलाग्ने (टोलफ्रि नम्बर) सेवासुरु गरेको छ । १६६००१४४१०१ नम्बरमा डाइल गरेपछि तत्कालै गएको भूकम्प र केन्द्रबिन्दुबारे जानकारी लिनसकिने केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।

भूकम्पसम्बन्धी जानकारी दिने मोबाइल एप्स र टोलफ्रि नम्बरको खानी तथा भूगर्भ विभागमा आयोजित एक कार्यक्रमकाबीच उद्योगमन्त्री महेश बस्नेतले सुभारम्भ गर्नुभयो ।

अब भूकम्पका पराकम्पनबाट डराउनुपर्दैन   

भूकम्पबारे विभिन्न अड्कलबाजी तथा टीकाटिप्पणी भइरहेको सन्दर्भमा भूगर्भविद्हरूले भूकम्पपछिका ससाना पराकम्पनबाट नअत्तालिन सुझाएका छन् ।

खानी तथा भूगर्भ विभागका उपनिर्देशक एवम् भूकम्पविद् डा सोमनाथ सापकोटाले ठूलो भूकम्पपछि आउने सानातिना पराकम्पनबाट त्रसित नहुन र यसबारे सतर्क रहन आग्रह गर्नुभयो ।

“अहिले भूकम्पको मापनबारे बजारमा अनेक हल्ला आएका छन्, यसको कुनै तुक छैन, हाम्रो एमएल म्याग्निच्युडको स्केल नबुझेर अस्पष्ट भएको हो । अहिले हिमालय क्षेत्रमा आएको भूकम्प नौलो हैन र यही ठाउँमा फेरि ७.६ रिक्टरको भूकम्प आउने शक्ति छैन, त्यसैले अत्तालिनुपर्दैन,” उहाँले भन्नुभयो ।

रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया