MENU

अन्तर्वार्ता

Ncell Axiata
USAID

रुसले हानेको मिसाइल इरानमा खस्यो

असोज २२ – रुसले क्यास्पियन सागरमा रहेको युद्धपोतबाट प्रहार गरेको मिसाइल इरानमा खसेको अमेरिकाले दाबी गरेको छ । अमेरिकाका अधिकारीका अनुसार रुसले प्रहार गरेको ४ वटा मिसाइल इरानमा खसेको हो ।

मिसालका कारण क्षती पुगे नपुगेको बारे केही जानकरी नआएको अधिकारीले बताएका छन् । रुसको रक्षा मन्त्रालयले भने मिसाइल इरानमा खसेको बारे केही प्रतिक्रिया दिएको छैन । रुसले गएको बुधबार सिरियामा रहेको विद्रोही समुह इस्लामिक स्टेट आइएसलाई लक्षित गरी २६ वटा मिसाइल प्रहार गरेको जनाएको थियो । सिरियामा रुसले गरेको हवाई आक्रमणको विवाद बढ्दै गएको छ । आइएस लक्षित आक्रमण गरेको बताए पनि आइएस विरुद्ध लडिरहेको अर्को समुहमाथि रुसले आक्रमण गरिरहेको नेटो सेनाको आरोप छ ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • फ्रान्स राष्ट्रपतीय चुनावः पहिलो चरणमा म्याकरोन र पेन अघि

    वैशाख ११ – फ्रान्सको राष्ट्रपतिय चुनावको पहिलो चरणमा मध्यपन्थी इम्यानुएल म्याकरोन चुनावमा अगाडि रहेको देखाएको छ । यस्तै पूर्व प्रधानमन्त्री फ्रास्वाँ फिलोंलाई पछाडि पार्दै नेशनल फ्रन्टकी मारिन ल पेन दोश्रो स्थानमा रहेको बिबिसीले जनाएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया