MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

तस्बिरमा पेरिस आक्रमण

कात्तिक २८ – फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणमा परि अहिलेसम्म एक सय २० भन्दा बढी मानिसको ज्यान गएको छ । यो आक्रमणलाई दोस्रो विश्व युद्धपछि फ्रान्समा भएको सबैभन्दा ठूलो आक्रमणको शंज्ञा दिइएको छ । पेरिसको बटाक्ला कन्सर्ट हलमा बन्दुधारीले अन्धाधुन्ध गोली प्रहार गरी एक सय भन्दा बढीको हत्या गरेका छन् । अन्य केही मानिसलाई बन्धक बनाएका छन् । यस्तै पेरिसमा रहेको नेशनल स्टेडियम बाहिर भएका विस्फोटमा परी अरु केहीको ज्यान गएको छ । चार जना आक्रमणकारी मारिएको त्यहाँको प्रहरीले जनाएको छ । मारिने मध्ये तीन जनाले आत्मघाती बम विस्फोटन गराएका थिए । आक्रमणपछि बटाक्ला कन्सर्ट हलमा रहेका मानिसलाई एक बसमा राखेर सुरक्षित स्थानमा लगिएको छ । फ्रान्समा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । 

– एजेन्सीको सहयोगमा 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया