MENU

राजनीति

शान्ति प्रक्रियाको टुङ्गोपछि विज्ञ समूह बनाउने कांग्रेस र एमालेबीच सहमति

 

कांग्रेस र एमालेबीच शान्ति प्रक्रियाका मुलभुत कुरा टुङ्गो लागेपछि राज्य पुनर्संरचनाका लागि विज्ञ समूह बनाउने सहमति भएको छ । विज्ञ समूह बनाउन कुनै आपत्ति नभएको भन्दै काँग्रेस र एमालेले त्यसअघि शान्ति प्रक्रियाका मुलभुत काम सकिनु पर्नेमा जोड दिएका हुन् ।
 
 
सिंहदरबारमा आज भएको दुई दलको छलफलमा दुबै पार्टी विज्ञ समूहबारे सकारात्मक रहेपनि पहिले शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने निष्कर्षमा पुगेको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । सरकारले ४५ दिनभित्र शान्ति प्रक्रियाका मूलभुत काम सक्ने बताएकाले त्यसपछिमात्र पछि विज्ञ समूह बनाउने केसीले बताउनुभयो । “शान्ति प्रक्रियाका मुलुभुत काम जति चाँडो सकिन्छ, त्यति चाँडो विज्ञ समूह बनाउन दुई दल तयार छौँ”, केसीले भन्नुभयो “विज्ञ समूह बनाउन सहयोग गर्ने नगर्ने माओवादीमा भर पर्छ ।”
 
कांग्रस र एमालेबीच ५ हजारको हाराहारीमा माओवादी लडाकु समायोजन गर्ने विषयमा पनि सहमति भएको छ । हतियारको साँचो बुझाउने लगायत कामले मात्र शान्ति प्रक्रिया टुंगोमा नपुग्ने जिकिर गर्दै कांग्रेस र एमालेले शान्ति प्रक्रियाका विषयमा इमान्दार हुन सत्तामा रहेको माओवादी र मधेशी मोर्चासँग आग्रह समेत गरका छन् ।  
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया