MENU

राजनीति

विवादका कारण रोकियो राहत प्याकेज घोषणा

काठमाडौँ, भदौ २२– सरकारले आज घोषणा गर्ने भनिएको विशेष राहत प्याकेज कार्यक्रम विवादका कारण रोकिएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पत्रकार सम्मेलन मार्फत घोषणा गर्न लागेको कार्यक्रममा मधेसी मोर्चासम्बद्ध मन्त्रीहरुले असन्तुष्टी जनाएपछि भोलिसम्मको लागि रोकिएको हो । 

 
आफूहरुसँग छलफल नगरी कार्यक्रम ल्याउन लागिएको र सबै विषय समावेश नगरिएको भन्दै मोर्चाका मन्त्रीले असन्तुष्टी जनाएका हुन् । राहत कार्यक्रम संशोधनका लागि अर्थ, स्वास्थ्य, उर्जा र भौतिक योजना मन्त्री रहेको ४ सदस्यीय कार्यदल गठन गरिएको स्वास्थ्यमन्त्री राजेन्द्र महतोले उज्यालोलाई जानकारी दिनुभयो । 
 
मधेशी मोर्चामा आवद्ध दलका मन्त्रीले सेनामा मधेशीको सामूहिक प्रवेशका विषयमा काम अघि बढाउनु पर्ने माग गरेको बताइएको छ ।  श्रोतका अनुसार तराईमा एकीकृत सुरक्षा योजना लागू गर्न नहुनेमा पनि मधेशी मोर्चा सम्बद्ध मन्त्रीहरुले जोड दिएका छन् । 
 
मन्त्रिपरिषद बैठकमा राहत प्याकेज अनुमोदन गराएर सार्वजनिक गर्ने प्रधानमन्त्री भट्टराईको तयारी थियो । यसका लागि प्रधानमन्त्रीले गएराति अबेरसम्म गृहकार्य गर्नुभएको थियो । 
 
सरकारले घोषणा गर्न लागेको राहत प्याकेजमा देशभर शुपथ मूल्यका पसल खोल्ने, दुर्गम ठाउँमा तत्काल खाद्यान्न पु¥याउने लगायतका कार्यक्रम समावेश हुने स्रोतको भनाई छ ।
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया