MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

जिका भाइरस : विश्वव्यापी स्वास्थ्य आपतकाल

माघ १९ – विश्व स्वास्थ्य संगठन डब्लुएचओले जिका भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । जिका भाइरसको संक्रमण रोक्न तथा यसको प्रभावका कम गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा भइरहेका प्रयासलाई तीब्रता दिनुपर्नेमा डब्लुएचओले जोड दिएको छ ।

जिका भाइरसको संक्रमण र यसकाबाट बच्चनका लागि गर्नु पर्ने कामका विषयमा छलफल गर्न जेनेभामा बसेको डब्लुएचओको आकश्मिक बैठकले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गर्दै अन्तर्राष्ट्रिय एकीकृत प्रयासका लागि आह्वान गरेको हो । डब्लुएचओले यसअघि अफ्रिकी मुलुकमा फैलिएको इबोला जस्तै जिकालाई पनि स्वास्थ्य आपतकालको घोषणा गरेको हो । यो भाइरस निकै तीब्र गतिमा फैलिरहेको भन्दै विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् ।

यही दरमा भाइरसको संक्रमण हुने हो भने एक वर्ष भित्र उत्तर तथा दिक्षणी अमेरिकामा ४० लाख भन्दा धेरै मानिसमा यसको संक्रमण फैलने खतरा छ । जिका भाइरसका कारण बालकालिकाको मश्तिष्कमा असर पर्ने गरेको छ । यसका कारण मश्तिष्क पूर्ण रुपमा विकास नभएका बालबालिका जन्मिने र उनीहरुको टाउको पनि सानो हुने गरेको छ । यो भाइसरका कारण ब्राजिलमा बढी प्रभाव परेको छ । त्यहाँ मानसिक रुपमा कमजोर चार हजार भन्दा धेरै बालबालिका जन्मिएका छन् ।

डब्लुएचओले स्वास्थ्य आपतकाल घोषणा गरेपछि अब जिका भाइरस विरुद्धको अनुसन्धान तथा सहयोग प्रक्रिया फास्ट ट्रयाकबाट हुनेछ । डब्लुएचओकी महानिर्देशक मारगरिटा चानले जिका भाइरस असामान्य भएकाले यस विरुद्ध लड्नका लागि विश्वव्यापी रुपमा सहकार्यको खाँचो रहेको बताउनुभएको छ । जिका भाइरसका कारण गर्भमा रहेका शिशुमा बढी प्रभाव पर्ने भएकाले गर्भवती महिलाले तत्कालका लागि संक्रमित क्षेत्रको भ्रमण नगर्ने तथा संक्रमित क्षेत्रमा महिलाले चिकित्शकसँग परामर्श गर्न डब्लुएचओकी महानिर्देशक चानले सुझाव दिनुभएको छ । 

– एजेन्सीको सहयोगमा 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया