MENU

अन्तर्वार्ता

Ncell Axiata

सिरिया शान्ति वार्ता रोकियो

माघ २१ – स्वीजरल्याण्डको जेनेभामा भएको सिरिया शान्ति वार्ता तत्कालका लागि रोकिएको छ । सिरियामा गएको पाँच वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य गर्ने प्रयास स्वरुप संयुक्त राष्ट्रसंघको पहलमा भएको वार्ता तत्कालका लागि रोकिएको हो । वार्ताका लागि राष्ट्रसंघीय विशेष दूत स्टेफन डी मिस्टुराले वार्ता असफल नभएको र फेब्रुअरी २५ मा फेरि वार्ता हुने जानकारी दिनुभएको छ । वार्ता चलिरहेका बेला ब्रिदोहीको नियन्त्रणमा रहेको एलेप्पो शहरमा सरकारी सेनाले आक्रमण गरेपछि राष्ट्रसंघले वार्ता तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।

वार्ताको सुरुवाती चरणमा सरकारी तथा विपक्षी दुवैले एक अर्कामाथि आरोपप्रत्यारोप गरे । विपक्षीले एलेप्पो शहरमा सरकारी सेनाले ठूलो कारवाही गरेको तथा रुसले पनि हवाई आक्रमण गरेको भन्दै त्यसको विरोध गरेका थिए । विशेष दूत मिस्टुराले दुवै पक्षबिच विश्वाशको वातावरण बनाउनु आवश्यक रहेको बताउनुभयो । अहिले दुवै पक्षबिच एक अर्कामा भरोसाको अवस्था शुन्य प्रायः रहेको उहाँको भनाई छ ।

मिस्टुराले वार्ताको सफलताका लागि धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । सिरिया सरकार र विपक्षीबिच विश्वाशको वातावरण बनाउन अमेरिका तथा रुसले सहयोग गर्नु पर्ने उहाँको भनाई छ । यस्तै संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले इरानको परमाणु संकट समाधानमा जस्तै सिरियाको गृह युद्ध समाप्त गर्नका लागि पनि अन्तर्राष्ट्रिय समुदायको एकीकृत प्रयासको खाँचो रहेकोमा जोड दिनुभएको छ ।

सिरियामा जारी द्वन्द्वको क्रममा अहिलेसम्म दुई लाख ५० हजार भन्दा धेरैको ज्यान गएको छ भने लाखौं मानिस विस्थापित भएका छन् । 

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया