MENU

समाज

Ncell Axiata

तीन करोड भन्दा बढीको अवैध बालुवा धमाधम बिक्री

रमेश गिरी/उज्यालो ।

भक्तपुर, वैशाख १७ – अवैध रुपमा दुवाकोट र झौखेलको चोक चोकमा बिक्रीका लागि थुपारिएका करोडौ मूल्य बराबरको बालुवा तस्करीले खुलेआम बिक्री गर्न थालेका छन् । 

यसवर्ष भक्तपुर जिल्लाका सबै बालुवा खानी बन्द गरिएको थियो । खानी बन्द भएपनि आसपासका खानी सञ्चालन क्षेत्रको चोक चोकमा अवैध रुपमा बालुवा थुपारेर बिक्री गरेपछि स्थानीय बासिन्दाले प्रशासनमा उजुरी दिएका थिए । उजुरीको आधारमा जिल्ला विकास समिति भक्तपुरको प्राविधिक सहितको अनुगमन टोलीले करिब ३ करोड रुपैयाँ भन्दा बढी मूल्यको बालुवा अबैध रुपमा थुपारेको प्रतिवेदन स्थानीय विकास अधिकारी ध्रुब कोइरालालाई बुझाएको थियो । 

अनुगमन टोलीका कृष्णगोविन्द लाखाले चाँगुनारायण नगरपालिका–१४ दुवाकोट क्षेत्रमा स्थलगत निरीक्षण गर्दा बिभिन्न ठाउँमा गरि तीन लाख दुई सय ६८ घनमिटर अबैध बालुवा चोक चोकमा थुपारेर राखिएको अवस्थामा भेटिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार चाँगुनारायण नगरपालिका–१४ दुवाकोट बेसीमा एक हजार ९९ घनमिटर, मनोहरा निमावि अगाडि एक सय २५ घनमिटर, साविक दुवाकोट गाविस भवन नजिकै सात हजार दुई सय घनमिटर बालुवा अवैध रुपमा थुपारेको पाईएको हो । 

अनुगमन टोलीले तयार पारेको प्रतिवेदनमा आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाईएको जिविसले जानकारी दिएको छ । उजुरी परेका ठाउँमा मात्रै जिविसले अनगमन गरेपनि दुवाकोट र झौखेल क्षेत्रमा अझै करोडौ रुपैयाँ बराबरको बालुवा थुपारेर अवैध रुपमा बिक्री भईरहेको स्थानीय बासिन्दाले बताएका छन् । 

यसवर्ष बालुवा खानी बन्द गरेकाले जिविसको करिब ६ कराडे रुपैयाँको राजस्व गुमेको छ भने अवैध रुपमा बालुवा बिक्री गर्ने र रातभरी बालुवा ओसार्ने क्रम बढेको दुवाकोटका स्थानीय बासिन्दाले बताएका छन् । 

तस्करीले भक्तपुर र मनोहरा खोलाको बालुवालाई काठमाडौबाट समेत बिक्री गरेको पाईएको दुवाकोटका बासिन्दाले बताएका छन् । काठमाडौ जिविसले बालुवा बिक्री गर्ने अनमति दिएकै आधारमा मनोहरा खोलासँग सीमाना जोडिएको दुवाकोट र झौखेलबाट हरेक दिन रातभरी अवैध बालुवा मनोहरा कटाएर तस्करीले काठमाडौबाट बिक्री गर्ने गरेको बासिन्दा बताउँछन् । दुवाकोट मनोहरा फाँटका स्थानीय बासिन्दाले भने˗‘रातभरी तस्करीहरुले बालुवा मनोहरा कटाउँछन्, रातभरी सयाैँ गाडीको आवाजले सुत्न, बस्न पाईदैन, विरोध गरे आक्रमण गर्लान् भन्ने डर छ, स्थानीय नेतादेखि केन्द्रिय नेतासम्म र जिविस, प्रहरीदेखि प्रशासनसम्मको मिलेमतोले बालुवा काठमाडौ कटाउँछन् ।’

भक्तपुर जिविसले बालुवा खानी सञ्चालनमा अनुमति नदिएपनि तस्करीले बालुवा उत्खनन् र बिक्री गर्न नछाडेपछि प्राकृतिक विनाश भने भईरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया