MENU

जनसरोकार

Ncell Axiata
USAID

​कार्यकारी प्रमुख नहुँदा विकास निर्माण काम प्रभावित

रामेछाप, वैशाख २७ - एक महिनादेखि मन्थली नगरपालिकामा कार्यकारी अधिकृत नहुँदा विकास निर्माण सम्बन्धी सम्पूर्ण कामहरु प्रभावित भएका छन् । 

कार्यकारी प्रमुख नहुँदा योजना सम्झौताको काम र सम्पन्न योजना लगायतका कामको भुक्तानी दिन नसक्दा उपभोक्ताहरु मारमा परेका छन् ।कार्यालयको निमित्त जिम्वेवारी पाएका निमित्त कार्यकारी प्रमुखले आर्थिक कामको जिम्मेवारी नपाएकाले पनि विकास निर्माणको काम प्रभावित भएका हुन् । 

प्रमुख नहुँदा कार्यालयमा कार्यरत कर्मचारीले तलबसमेत लिन पाएका छैनन् । त्यसैगरी सडक निर्माणको काम सकेर भुक्तानी लिन कार्यालय धाउँदा पनि रकम पाउन नसकेको मन्थली नगरपालिका २ का हरिराम भुजेलले वताउनुभयो । सडक निर्माणका लागि नगरपालिकाले दिएको समय सिमा भित्र सवै काम सम्पन्न गरी रकम माग गरेको महिनौं वितिसक्दा पनि अहिलेसम्म रकम पाउन नसकेको जानकारी दिनुभयो । 

कार्यकारी अधिकृत नहुँदा सम्पूर्ण आर्थिक कारोवारका काम र भुकम्पपछि घर वनाउने कामको सबै कामहरु प्रभावित भएको मन्थली नगरपालिकाका निमित्त कार्यकारी अधिकृत ढालविक्रम कार्कीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया