MENU

जनसरोकार

Ncell Axiata
USAID

पानामा कागजात अनलाइन : को को नेपाली परे ?

काठमाडौं, वैशाख २८ – पानामा कागजात चुहावटको विषय थप व्यापक बनेको छ । पानामा कागजात चुहावटबाट कर छलिमा संलग्न भएका पाइएका झण्डै दुई लाख विदेशी खाता सम्बन्धी जानकारी भएको दस्तावेज अनलाइनमा उपलब्ध भएको छ । यो दस्तावेज अफसोरलिक्स डट आइसिआइजे डत ओआरजीमा सोमबार राति पौने १२ बजेदेखि उपलब्ध भएको छ ।

को को नेपाली ? 

पानामा काजातमा गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित १९ जना नेपाली छन् । यसरी सार्वजनिक भएका नेपालीका विवरणको स्रोत पानामा कागजात तथा अफसोर लिक्स रहेको छ । 

  • उपेन्द्र महतो
  • नवाङ डोल्मा
  • उमादेवि सिंघानिया
  • अरुण कुमार चौधरी
  • सुर्वशकुमार चौधरी
  • शीला चौधरी
  • करण कुमार चौधरी
  • रिनुका प्रधान
  • रेखा काब्रा
  • डा. श्यामबहादुर कर्माचार्य
  • शशिकान्त अग्रवाल
  • हरिस कुमार तोडी
  • विजेश कुमार तोडी अग्रवाल
  • प्रो. शतेन्द्रकुमार गुप्ता
  • विमाल काजी ताम्रकार
  • विजेन्द्र जोशी
  • विनु श्रेष्ठ
  • विश्वबरसिंह थापा
  • राजेन्द्र कुमार काब्रा

पानामाको मोस्याक फोन्सेका कानूनी फर्मबाट चुहावट भएका कागजातबाट विश्वका धनी व्यक्तिले करी छली तथा प्रतिबन्धबाट बच्नका लागि विदेशी खाताको प्रयोग गर्ने गरेको खुलेको थियो । कागजात अनुसार धेरै पूर्व तथा अहिलेका नेता, सरकारी अधिकारी, व्यवसायी, कलाकार तथा खेलाडी कर छली तथा प्रतिबन्धबाट बच्नकालागि विदेशी खाताको प्रयोगमा संलग्न रहेको खुलेको थियो ।

मोस्याक फोनसेकाका कागजात जोन डो नाम गरेको स्रोतले सार्वजनिक गरेको हो । गएको हप्ता मोस्याक फोनसेकाले कागजात सार्वजनिक हुनबाट रोक्न आग्रह गरेको थियो । तर यो घटनाको अनुसन्धान गरिरहेको इनटरनेशनल कनसोर्टियम अफ इनभेस्टिगेटिभ जर्नालिस्ट आइसिआइजेले कागजात सार्वजनिक गरेको हो ।

मोस्याक फोनसेकाले भने आफूले कुनै पनि गलत काम नगरेको बताउँदै आएको छ । कागजातबाट सयौं राजनीतिक नेता, सरकारी अधिकारी, विश्वका वर्तमान तथा पूर्व नेता, कलाकार तथा खेलाडीको लुकाइएको सम्पत्ति  सार्वजनिक भएको छ ।

कागजात चुहावट भएलगै आइसल्याण्डका प्रधानमन्त्री सिगमण्डर गुनलगसनले राजिनामा दिनुभएको थियो । यस्तै बेलायती प्रधानमन्त्री डेविड क्यामरुन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनका राष्ट्रपति पेट्रोपोरोशेन्को तथा अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सी तथा हलिउड स्टार ज्याकी च्यान पनि पानामा कागजातमा समेटिएका छन् । 

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया