MENU

जनसरोकार

Ncell Axiata
USAID

​अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न माग

काठमाडौं, वैशाख २८– अस्थायी रहेका सबै शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न माग गरेको छ । अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लबमा आयोजना गरेको कार्यक्रममा हालसम्म अस्थाई रहेकालाई ऐन संसोधन गरेर भएपनि स्थायी गर्न माग गरेको हो । 

शिक्षक संघ संगठनहरुको छाता संगठन नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवरले नेपालको शिक्षा क्षेत्र समस्यै समस्या रहेको बताउँदै यसलाई समाधान गर्न सबै अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नु पर्ने बताउनुभयो । विगतमा सरकारले गरेको सहमति कार्यान्वयन भएको भए शिक्षा क्षेत्रका सबै समस्या समाधान हुने भन्दै शिक्षा क्षेत्रमा राज्य र राजनीतिक दलहरु संबेदनशिल नभएको महासचिब कुवँरको आरोप छ । 

त्यस्तै नेपाल शिक्षक संघका महासचिव राजेन्द्र पौडेलले मुलुकमा शासन र शासक परिवर्तन भएपछि शिक्षाप्रतिको मानसिकतामा कुनै परिवर्तन नभएको दावी गर्दै शिक्षा क्षेत्रको सुधारकोलागि शिक्षकका समस्याहरु समाधान हुनु पर्नेमा जोड दिनुभयो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका महासचिव शंकर अधिकारीले राज्यले शिक्षकहरुको विचमा विभेद गरेकोले त्यसका विरुद्ध थालिएको आन्दोलनमा आफूहरुको एक्यबद्धता जनाउँदै सबै मिलेर दवाव दिए अस्थायीसहित सम्पूर्ण शिक्षकहरुको समस्या समाधान हुने बिश्वास ब्यक्त गर्नुभयो । 

संघर्ष समितिका कार्यबाहक अध्यक्ष हेमनाथ चौलागाईले अस्थायी शिक्षकहरुको विचमा विभेद गरेकोले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको भन्दै आफूले स्वतः स्थायी हुने भन्दा पनि सम्मानजनक रुपमा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन चाहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया