MENU

जनसरोकार

Ncell Axiata
USAID

​गाविस भवनमा १४ वटा सकेट बम

दाङ, वैशाख २९ – दाङको स्यूजा गाविसको भवनमा १४ वटा सकेट बम फेला परेको छ । स्यूजाको बोजपोखरामा रहेको गाविस भवनको एक कोठामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कोठा सफा गर्ने क्रममा सकेट बमसहित माओवादीका ब्यानरहरु पनि फेला परेका छन् । टिनकोे बाकसभित्र राखिएको अवस्थामा बम र ब्यानर फेला परेको हुन् ।

द्वन्द्वका समयमा माओवादी गाविस भवनमा बस्ने गरेको र त्यही बेला छाडेको बम, ब्यानर र माओवादीका कागजपत्र फेला परेको दाङका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिनुभयो ।

बम निष्क्रिय पार्न सदरमुकाम घोराहीबाट बुधबार बिहान नेपाली सेनाको टोली स्यूजा तर्फ गएको छ । कोठा सफा गर्ने क्रममा मंगलबार बेलुका बम फेला परेपछि रातभर प्रहरीले भवनलाई घेरेर राखेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया