MENU

जनसरोकार

Ncell Axiata
USAID

अबको १० वर्षसम्म काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेजलाई अनुमति नदिन प्रस्ताव

काठमाडौं, वैशाख ३० – चिकित्सा शिक्षा आयोगले आउँदो १० वर्षसम्म काठमाडौं उपत्यकामा एमबिबिएस पढाउने नयाँ मेडिकल कलेजलाई अनुमति दिन नहुने प्रावधानसहितको चिकित्सा शिक्षाको मस्यौदा तयार पारेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित समितिले आउँदो १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल, दन्त, नर्सिङ लगायत कुनैपनि विषयमा स्नातक तह पढाउने मनसायपत्र नदिन सुझाइएको आयोगका कार्यकारी उपाध्यक्ष डा. भगवान कोइरालाले बताउनुभयो ।

काठमाडौं उपत्यकामा पूर्वाधार तयार भई मनसायपत्र पाइसकेका संस्थालाई उचित मुअब्जा दिएर सरकारले स्वामित्व लिनुपर्ने र भविष्यमा नयाँ मेडिकल विश्वविद्यालय ऐनमार्फत खुल्ने संस्थालाई भने बन्देज लगाउन नसक्ने बताउनुभयो ।

यस्तै, नयाँ मेडिकल कलेज खोल्न आफ्नै जग्गामा तीन वर्ष अस्पताल सञ्चालन गरेको हुनुपर्ने प्रावधान राख्न मस्यौदामा सुझाव दिइएको छ । मस्यौदामा स्वास्थ्यसम्बन्धी मौलिक हक, तथा गुणस्तर र नियमनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा आयोग गठनको व्यवस्था गरिएको छ ।

चिकित्सा शिक्षाको भर्ना पारदर्शी बनाउन सरकारी गैरसरकारी र निजी मेडिकल कलेजमा योग्यताक्रमका आधारमा भर्ना गराउने, शुल्कबारे भर्नाको सूचनामै जानकारी गराउनुपर्ने पनि मस्यौदामा उल्लेख छ ।

कार्यकाल तीन महिना बाँकी रहँदै तयार पारेको मस्यौदा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । मस्यौदालाई विधेयकको रुपमा छिटो व्यवस्थापिका–संसदमा पेस गर्न मन्त्री पोखरेललाई प्रधानमन्त्रीले निर्देशन दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया