MENU

जनसरोकार

USAID

कक्षा ११ को परीक्षाको सबै तयारी पुरा

भक्तपुर, जेठ १ – उच्च माध्यामिक शिक्षा परिषदले आइतबारदेखि सुरु हुने कक्षा ११ को परीक्षाको सबै तयारी पूरा भएको जनाएको छ । परीक्षामा ३ लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागि हुने छन् । परीक्षा १२ गतेसम्म संचालन हुनेछ ।

परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, २ हजार ५१२ सहायक केन्द्राध्यक्ष, १ हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, १ हजार ६४१ जना कर्मचारी, २ हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरि ३३ हजार ९५३ जना परिचालित हुने परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।

परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यबस्था गरेको छ । परीक्षा संचालन अबधीभर परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक र परिषद्बाट खटिएका जिम्मेवार व्यक्ति बाहेकका व्यक्तिलाई परीक्षा केन्द्रमा मोवाईल फोन लैजान पूर्ण रुपमा निषेध गरिएको छ । 

परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई ६ महिना कैद र १ लाख रुपैयासम्मको जरिवानाको व्यबस्था गरिएको छ भने परीक्षा मर्यादा विपरित सामुहिक रुपमा चोरी भएको पाईएमा त्यस्तो परीक्षा केन्द्र नै खारेज गर्ने व्यबस्था गरिएको छ । 

परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले परीक्षा अनगमनका लागि शिक्षा मन्त्रालयका सहसचिव, क्षेत्रीय उपनिर्देशक, क्षेत्रीय प्रशासक, जिल्ला शिक्षा अधिकारी लगायत मन्त्रालय मातहतका बिभिन्न व्यक्तिको नेतृत्वमा ३१ वटा अनुगमन टोली बनाएर परीक्षाको अवलोकन गर्ने व्यबस्था गरिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो ‘परीक्षाको कडाईका साथ अनुगमन गरिन्छ, कुनैपनि परीक्षा केन्द्रमा सामुहिक चोरी भए नभएको परीक्षा सकिए पछि छानबिन गरिन्छ, अधिकांश परीक्षार्थीको हुबहु उत्तर पाईएमा त्यस्तो परीक्षार्थीको परीक्षा रद्ध गरि सबैलाई कारबाहीको दायरामा ल्याईन्छ ।’ 

कक्षा १२ को परीक्षा सम्पन्न

वैशाख २० गतेबाट देशभर सुरु भएको कक्षा १२ को परीक्षा भने सम्पन्न भएको छ । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले देशभर कूल ९२१ परीक्षा केन्द्र मार्फत बैशाख ३१ गतेसम्म कूल ८२ वटा विषयको परीक्षा संचालन गरेको थियो । 

परीक्षामा ३ लाख ४६ हजार ४२७ जना परीक्षार्थी सहभागि भएको परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया