MENU

जनसरोकार

Ncell Axiata

बिहानै सिन्धुपाल्चोकमा परकम्प, काठमाडौंमा पनि धक्का

काठमाडौं, जेठ २ – आइतबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ ।

बिहान साढे ४ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लासहित काठमाडौंमा पनि महशुस गरिएको छ । शनिबार बिहान ५ बजेर ५ मिनेट जाँदा पनि सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।

पोहोर गोरखाको बारपाक केन्द्र विन्दु भएर ७ दशमलव ८ रेक्टरको भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ४५८ पटक परकम्प गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया