MENU

जनसरोकार

Ncell Axiata
USAID

यो वर्ष बिजुली उत्पादन घट्यो

काठमाडौं, जेठ २ – यसवर्ष पोहोर परारको तुलनामा बिजुलीको उत्पादन घटेको छ । सुख्खाका कारण बिजुली उत्पादन कम भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक मुकेश काफ्लेका अनुसार यस वर्ष कालिगण्डकी  जलविद्युत आयोजनाबाट मात्रै एक सय मेगावाट विद्युत उत्पादन घटेको छ । कालिगण्डकीमा अहिले ६०/६२ मेगावट मात्रै बिजुली उत्पादन भइरहेको उहाँले बताउनुभयो ।

कालिगण्डकीसहित अरु आयोजनाबाट यस वर्ष एक सय ८६ मेगावाट विद्युत उत्पादन घटेको उहाँले बताउनुभयो ।  काफ्लेका अनुसार एक सय ८६ मेगावाट विजुलीले दैनिक ३/४ घण्टा लोडसेडिङ घटाउन सकिन्थ्यो । पोहोर परार वैशाख महिनाको दोस्रो हप्तापछि लोडसेडिङ केही घटाउने गरेको प्राधिकरणले यसपाली जेठ महिना लागिसक्दा समेत घटाउन सकेको छैन ।

नदीमा पानीको सतह नबढ्दा लोडसेडिङ नघटेको प्राधिकरणले जनाएको छ । सुख्खा र खडेरीका कारण अनुमान गरेभन्दा धेरै बिजुलीको उत्पादन घटेकाले पर्ख र हेरको अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । केही दिन यता पानी परेकाले भने नदीमा पानीको सतह बढ्न सक्ने अपेक्षा गरिएको छ ।

आइतबार सबै क्षेत्रका तथ्याङ्क संकलन गरी छलफलपछि मात्रै लोडसेडिङ घट्ने/नघट्ने बारे निर्णय गर्ने प्राधिकरणको तयारी छ । यसैबिच बढ्दो विद्युत चुहावट रोक्न प्राधिकरणले अभियान नै चलाएको छ । व्यक्तिगत रुपमा हुकिङ गरी बिजुली चुहावट गर्ने प्रवृत्ति अहिले बढेर सिंगो गाउँ नै चुहावटमा लागेको पाइएको छ ।

कैलालीको देवापुरटेटा गाविसमा विद्युत ट्रान्सफर्मर नै प्रयोग गरेर चुहावट गरेको पाइएपछि शनिबार राति ३ सय जना सुरक्षाकर्मीको सहयोगमा ट्रान्सफर्मर फर्काइएको प्राधिकरणका महानिर्देशक काफ्लेले बताउनुभयो । उहाँका अनुसार अहिले देशका विभिन्न ठाउँबाट एक हजार भन्दा बढी हुकिङ गरेको उजुरी परेको छ । 

प्रतिक्रिया दिनुहोस

Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया