MENU

जनसरोकार

Ncell Axiata
USAID

डेढ महिनादेखि शिक्षा कार्यालयको काम प्रभावित

सर्लाही, जेठ २ - डेढ महिनादेखि जिल्ला शिक्षा कार्यालय सर्लाहीको कामकाज प्रभावित भएको छ । मधेसी मोर्चाका एक जना जिल्लास्तरका नेताले सर्लाहीका जिल्ला शिक्षा अधिकारी बद्रीनारायण शर्मामाथि हातपात गरेको विरोधमा कर्मचारीहरुले डेढ महिनादेखि सेवाग्राहीहरुको महत्वपूर्ण बाहेक अन्य कामकाज ठप्प पारेका छन् ।

हातपातको घटनापछि सर्लाहीका जिल्ला शिक्षा अधिकारी, सहायक जिल्ला शिक्षा अधिकारी लगायत अन्य जिम्मेवार कर्मचारी डेढ महिनादेखि कार्यालय गएका छैनन् । सुरक्षाको ग्यारेन्टी नभएसम्म कार्यालयमा गएर काम गर्न नसक्ने सर्लाहीका सहायक जिल्ला शिक्षा अधिकारी रामहरि रिजालले बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी र सहायक जिल्ला शिक्षा अधिकारी सदरमुकाम बाहिर बस्न थालेपछि घन्टौं लगाएर सदरमुकाम मलंगवामा रहेको जिल्ला शिक्षा कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीले सास्ती खेप्नु परेको छ । 

आफूहरु बसेकै ठाउँमा आउने सेवाग्राहीहरुलाई भनेसेवा प्रदान गरिरहेको सहायक जिल्ला शिक्षा अधिकारी रिजालले दावी गर्नुभयो । जिल्ला शिक्षा अधिकारीलाई हातपात गर्ने मोर्चाका नेतालाई प्रशासनले कुनै किसिमको कारवाही गर्न सकेको छैन् । 

प्रतिक्रिया दिनुहोस

Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया