MENU

जनसरोकार

USAID

​जाजरकोटमा सुनखानीको संभावना

राजेन्द्र कार्की/उज्यालो । 

जाजरकोट, जेठ २ - जाजरकोट सदरमुकाम खलंगा नजिकै धल्लास्थित भेरी नदीको बगरमा सुन खानीको संभावना देखिएको खोजतलासमा संलग्न कम्पनीले जनाएको छ । 

वेगप्रसाद अर्याल सुन खानी खोजतलास कम्पनी धरान ७ सुनसरीको नामबाट काम गरिरहेका चिनियाँ प्राविधिकले सुन खानीको संभावना औल्याएका हुन ।

प्राविधक समेत रहेका चिनियाँ नागरिक सङपिङ्गले सुनखानीको संभावना देखिएको दावी गर्नुभयो । उहाँले डेढ सय फिट तलसम्मको अवस्थाको अध्ययन गरिरहेको जानकारी दिनुभयो । ड्रिल गरेर निकालिएका विभिन्न खनिज तथा कंक्रिटहरु चीन पठाएर आवश्यक अन्नुसन्धान गर्ने काम भैरहेको उहाँले दोभासेमार्फत जानकारी दिनुभयो । ‘अहिलेसम्मको अवस्था सकारात्मक देखिएकोले हामीले अझै लगानी गर्ने निधो गरेका छौं’ उहाँले भन्नुभयो ‘पहिलो चरणमा ६ करोड रुपैयाँसम्म खर्च हुन्छ होला ।’

खानी तथा भुगर्भ विभागवाट सुनखानीको खोजतलासको अनुमति लिएर नेपाली कम्पनीको  नामवाट चिनियाँहरुले काम गरिरहेको स्थानीय प्रशासनले जनाएको छ । चिनियाँ नागरिकको नेतृत्वमा नेपाली मजदुरले पनि खानी खोज्ने काम गरिरहेका छन् । 

गत पुसमा पहिलो पटक जाजरकोट आइपुगेको चिनियाँ टोली धर्मश्री नामक कम्पनीको नामबाट खोजतलासको अनुमति लिएर जाजरकोट आएको हो । खानी खोज्ने काम सुरु भएको केही समयपछि स्थानीय प्रशासनले कागजातसहित उपस्थित हुन टोलीलाई निर्देशन गरेपछि टोली केही समय काम स्थगित गरेर फर्किएका थिए । कम्पनीको काम गर्ने म्याद समाप्त भएको र आवश्यक कागजात लिएर मात्र काम गर्न प्रशासनले निर्देशन दिएपछि टोली एक महिना मात्र काम गरेर फर्किएको थियो । 

टोली ३ महिनापछि फेरि जाजरकोट आएको छ । टोलीले आफ्नै लगानीमा खानीस्थल सम्म पुग्ने २ किलोमिटर बाटो बनाएको छ ।  हाल सुन खोजतलास गर्ने स्थल धल्लामा विभिन्न उपकरणहरु जडान गरी रहेको प्रहरी नायव उपरिक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । कम्पनीले खोजतलासकोे काम फेरि सुरु गर्न अझै केही समय लाग्ने मल्लको भनाई छ । 

नदीको वगरमै सुन खानी खोजी रहेको कम्पनीले भेरी नदीलाई नै डाइभर्सन गरेर वर्षादको समयमा पनि नियमित काम गर्ने योजना बनाएको छ । स्थानीयबासिन्दाको आग्रहमा  ५ किमी मोटर वाटोको स्तरोन्नती तथा राम जानकी प्राविको चार कोठे भवन निर्माण गरिदिने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया