MENU

जनसरोकार

USAID

जथाभावी औषधि खाने प्रवृत्ति बढ्यो

काठमाडौं, जेठ ३ – स्वास्थ्य जाँच नगराइकनै बिरामीले जथाभावी औषधि खाने प्रवृत्ति बढेको डाक्टरले बताएका छन् । औषधिको जथाभावी प्रयोगले बिरामीमा झन् जटिल समस्या देखिनुका साथै औषधिले समेत काम नगर्ने दर बढ्दै गएको टेकु अस्पतालका डा. शेरबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार धेरैजसो बिरामीले स्वास्थ्य जाँच नगराइकनै नजिकैको मेडिकलमा गएर रोग अनुसार मिल्दोजुल्दो औषधि खाने गरेका छन् । यसरी स्वास्थ्य जाँच नगराइकन औषधि सेवन गर्ने बिरामीका एक—दुई पल्ट औषधिले काम गरेपनि त्यसपछि भने काम गर्न छोडेको पाईएको उहाँले बताउनुभयो ।

रुघाखोकी, ज्वरो, टाइफाइड, झाडापखाला लगायत रोगमा बिरामीले बढी लापरबाही गर्ने गरेका छन् । डाक्टरको सल्लाह र डोज नपुर्या‍इकन सेवन गर्दा एन्टिबायोटिक जस्ता औषधिले काम गर्न छोडेको भन्दै डाक्टरले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो १०/१५ वर्षमा टाइफाइडको मात्रै ३/४ प्रकारका औषधि फेरिसकेको छ ।

अध्ययनका अनुसार एकसय जना टाइफाइडका बिरामीमध्ये ५ जनाको शरीरमा व्याक्टेरिया सधैँ रहिरन्छ ।  एउटा औषधि बनाउन निकै लामो अध्ययन र अनुसन्धान गर्नुपर्ने भएकाले नेपालमा मात्रै नभएर यस्तो समस्या विश्वभर रहेको विभिन्न अध्ययनले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनले डाक्टरको सल्लाह विना जथाभावी एन्टिबायोटिक सेवन नगर्न आग्रह गरिसकेको छ । मौसम अनुसार स्वास्थ्यको हेरचाह र खानपानमा ध्यान दिए रोग लाग्न नपाउने डाक्टरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया