MENU

जनसरोकार

USAID

बझाङमा चार दर्जन विद्यालय बन्द

बझाङ, जेठ ३ – सरकारले कोही बालबालिका पनि शिक्षाबाट बञ्चित नहुन् भनेर देशव्यापी भर्ना अभियान चलाइरहेकै बेला बझाङका चार दर्जन विद्यालय तीन महिनाका लागि बन्द भएका छन् । 

विद्यालय बन्द भएको १ महिना पुरा भै सक्दा पनि चार दर्जन भन्दा बढी विद्यालयहरु हालसम्म सञ्चालनमा आएका छैनन् । विद्यालयमा पढ्ने सबै विद्यार्थीहरु यार्सागुम्बा टिप्न लेकतिर लागेपछि विद्यालयहरु असार मसान्तसम्मका लागि बन्द भएका हून् ।

बझाङको उत्तरी भेगमा पर्ने सूर्मा, दौलिचौर, काडा, दातोला, मेलविसौना, रिलु, दहबगर गाविसका करिब ३५ वटा विद्यालय र सदरमुकाम समेत रहेको चैनपुरको मयाना, धमेना, भामचौर लगायतका गाविसमा झण्डै एक दर्जन विद्यालयहरु गरी चार दर्जन भन्दा बढी विद्यालय पूर्ण रुपमा बन्द भएका हुन ।

अझै केहि विद्यालयहरु यसै महिनाको अन्तसम्म बन्द हुन सक्ने कांडाका बसन्त बोहराले बताउनुभयो ।स्थानीयबासिन्दाहरुको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा ७/८ वर्षका बालकदेखि ७० वर्षका वृद्धहरु पनि यार्सागुम्बा टिप्न लेकतिर चढ्ने गरेका छन् । 

विद्यालय बन्द भएपछि विद्यार्थीहरुसँगै शिक्षक शिक्षिकाहरु पनि यार्सागुम्बा टिप्नका लागि पाटन तिरै उक्लिएका छन । चैतको अन्तिम साताबाट यार्सागुम्बा संकलन सुरु गरी असारको मसान्तसम्म टिप्ने क्रम जारी हुनाले ३ महिना विद्यालयहरु पूर्ण रुपमा बन्द हुने कांडाका एक शिक्षक उज्वल बोहराले जानकारी दिनुभयो । 

‘विद्यार्थीहरुनै नभएपछि स्कुल किन खोल्नु ?’ उहाँले भन्नुभयो ‘हामी पनि उतै जान्छौ यार्सागुम्बा टिप्न ।’ दुर्गम हिमाली क्षेत्रका विद्यालयहरु वर्षामा ३ महिना यार्सा संकलनको समयमा र हिउंदमा मंसिरदेखी फागुनसम्म जाडोका कारण बन्दहुने गरेका छन् । 

यसैगरी दशै तिहार र अन्य विदाहरुमा समेत विद्यालय वन्द हुने हुनाले यस क्षेत्रका विद्यालयमा वर्षमा चार महिना पनि राम्रोसँग पढाई नहुने गरेको विद्यार्थीहरु बताउछन् । नियमित पढाइ नहुदा यस क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर र सिकाई उपलब्धी न्युन हुने गरेको छ । 

समुन्द्री सतहदेखि ५ हजार मिटर भन्दा बढि उचाइमा पाइने यार्सागुम्बा टिप्नको लागि अहिले यस जिल्लामा छिमेकी जिल्ला बाजुरा, बैतडी, हुम्ला, दार्चुला र अछामबाट मानिसहरुसमेत यार्सा संकल गर्न आउने गर्दछन् । 

यार्सागुम्बा टिप्न र व्यापार गर्नको लागि दाङ, सुर्खेत, रुकुम, रोल्पा, काठमाडौं, भारत र चीनको तिब्बतबाट एक सिजनमा बीसदेखि तीस हजार मानिस आउने गरेका छन । 

धेरै उचाइमा गएर टिप्नु पर्ने र पालमुनिको बास हुने हुनाले अधिकांश बालबालिका र वृद्धहरु चिसोका कारण बिरामी हुने गर्दछन् भने कतिपयले ज्यानैसमेत गुमाउने गरेका छन । गत वर्षमा यार्सा संकलन गर्ने क्रममा ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।      

प्रतिक्रिया दिनुहोस

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया