MENU

जनसरोकार

USAID

पोखरामा फेवा–बेगनासताल सिधा बससेवा सुरु

पोखरा, जेठ ३ – कास्कीको दुई मुख्य पर्यटकीय क्षेत्र जोड्ने गरी सिधा बस सेवा सुरु भएको छ । पोखराको फेवाताल र लेखनाथको वेगनासताल जोड्ने गरी पर्यटन सेवाको नाममा सोमबारदेखि सिधा बस सेवा सुरु गरिएको हो । 

पोखरा बस व्यवसायी समिति र वेगनास बस ब्यवसायी समितिको समन्वयमा सिधा बस सेवा सुरु गरिएको पोखरा बस ब्यवसायी समितिका सचिव अमृत शर्मा तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालको लागि दुई वटा समितिका चारर चार गरी दैनिक ८ वटा गाडी सञ्चालन हुनेछन् । 

फेवातालबाट वेगनासताल र वेगनासबाट फेवातालको लागि आधा घण्टाको फरकमा गाडी छुट्नेछन् । विहान साढे ६ बजेदेखि साझ ६ बजेसम्म दैनिक ८ वटा बस आधा घण्टाको फरकमा २४ क्यु मा सेवा दिने गरी ब्यवस्था मिलाइएको तिमल्सिनाले बताउनुभयो । यसको भाडादर भने ५० रुपैया कायम गरिएको छ । 

फेवाताल र बेगनासताल जोड्ने गरेर सिधा बस सेवा नहुँदा यात्रु तथा पर्यटकहरूलाई विभिन्न स्थानबाट गाडी फेर्दै जानुपर्ने बाध्यता थियो । अब फेवाताल अवलोकन गरेर वेगनास जान चाहनेले सिधा बस सेवा पाउनेछन् । 

तिमल्सिनाले पर्यटकीय नगरी पोखराका मुख्य पर्यटकिय क्षेत्रहरु जोड्नेगरी बस सेवा सञ्चालन गरिने समितिको योजना अनुसार तत्कालको लागि फेवा वेगनासताल बस सेवा सुरु गरिएको बताउनुभयो ।

‘भविश्यमा अन्य पर्यटकिय क्षेत्रलाई पनि जोड्ने गरी सेवा विस्तार गरिनेछ’ उहाँले भन्नुभयो । समितिले पोखराका अन्य पर्यटकिय क्षेत्रहरू डेभिडफल्स, महेन्द्रगुफा, फेवाताल, पर्वतीय संग्रालय लगायतका क्षेत्र जोड्ने गरी अरू पर्यटक बस सेवा सुरु गर्ने तयारी गरिरहेको हो । 

प्रतिक्रिया दिनुहोस

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया