MENU

जनसरोकार

USAID

बालुवाटार निषेधित क्षेत्र घोषित

काठमाडौं, जेठ ४ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटार आसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र तोकेको छ ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको अध्यक्षतामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नै लागु हुने गरी थप संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मको लागि निषेधित क्षेत्र तोकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारबाट दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कशपसम्म, सभामुखको निवासबाट पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटोको एक सय मिटरसम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारबाट पश्चिम लाजिम्पाटसम्म एक सय मिटर र नेपाल राष्ट्र बैंक बालुवाटार चोकबाट पूर्व एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधित क्षेत्र तोकिएको र उल्लेखित सूचनाको बर्खिलाप हुने गरी कसैले कुनै कार्य गरे÷गराएमा कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस

Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया