MENU

जनसरोकार

Ncell Axiata
sagun

चिनियाँले गरिरहेको सुनखानीको खोजतलासमा प्रशासनको रोक

राजेन्द्र कार्की/उज्यालो । जाजरकोट, जेठ ४ - जाजरकोट सदरमुकाम खलंगा नजिकै धल्ला स्थित भेरी नदीको बगरमा अनुमति विना सुन खानीको खोजतलास गरिरहेको भन्दै स्थानीय प्रशासनले काम गन रोक लगाएको छ । 

वेगप्रसाद अर्याल खोजतलास कम्पनी धरान ७ सुनसरीको नाममा अनुमति लिएर काम गरिरहेका चिनियाँ प्राविधिकले स्थानीय प्रशासन समक्ष आवश्यक कागजात पेश गर्न नसकेपछि काममा रोक लगाईएको हो । 

‘सुरुमा खोजतलासको अनुमति छ भनेर हामीलाई झुक्याए कागजात हेर्दा २०७२ सम्म मात्र नविकरण भएको पाइयो ।’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले ‘नविकरणको पत्र एक दुई दिनमै ल्याउछौ भने पनि नल्याएकोले काममा रोक लगाएका हौं ।’ नेपाल सरकारको अनुमति विना हामी कसैलाई अवैध तरिकाले काम गर्न नदिने उहाँले स्पष्टा पार्नुभयो । सुनखानी खोज्न भनेर काम गरिरहेका चिनियाँको निगरानी गर्नको लागि एक जना प्रहरी सहायक निरीक्षकको नेतृत्वमा एक टोली नै खोजतलासस्थलमा खटाईएको प्रहरी प्रमुख मल्लले बताउनुभयो । 

चिनियाँको गतिविधि हेर्दा निकै शंकास्पद देखिएकाले आफूहरुले निगरानी बढाएको उहाँले बताउनुभयो । चिनियाँ प्राविधिक टोलीले अनुमति विनै डेढ सय फिट जमिन मुनि ड्रिल गरेर निकालिएका विभिन्न खनिज तथा कंक्रिटहरु चिन पठाएर आवश्यक अन्नुसन्धान गरिरहेको थियो ।

कुनै पनि विदेशी नागरिकलाई खानीको खोजतलास तथा उत्खनन् कार्यका लागि अनुमति दिन नमिल्ने प्रावधान छ । खानी तथा भुगर्भ विभागवाट खोजतलासको अनुमति लिएका फरक फरक नेपाली कम्पनीका नामबाट चिनियाँले स्थानीय प्रशासनलाई झुक्याउने गरेको पाइएपछि आवश्यक कागजात कडाईका साथ हेर्न प्रहरीलाई निर्देशन दिईएको र कागजात नपुगेको पाएपछि हाललाई खोजतलासमा रोक लगाईएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । 

गत पुसमा पहिलो पटक जाजरकोट आईपुगेको चिनियाँ टोलीले धर्मश्री माइन नाम गरेको कम्पनीको नामबाट खोजतलासको अनुमति लिएर आएको थियो ।  केही समय काम गरेपछि प्रशासनले कागजातसहित उपस्थित हुन टोलीलाई निर्देशन गरेपछि त्यो कम्पनीको पनि नविकरण नभएको पाईएको थियो । प्रशासनले काममा रोक लगाएपछि उनीहरु आवश्यक कागजात ल्याउन भन्दै एक महिना मात्र काम गरेर फर्किएका थिए । 

त्यतिखेर पनि खानी तथा भुगर्भ विभागले दिएको खोजतलास अनुमति पत्रमा जाजरकोट खलंगा अन्तर्तगत ११ दशमलब ७० बर्गकिलोमिटर क्षेत्रफलमा मात्र खोजतलास गर्ने भन्ने उल्लेख छ । तर नियम विपरीत टोलीले भेरीमालिका नगरपालिकास्थित भेरीनदीका धेरै बगरहरुमा खोजतलास गर्ने गरेको थियो । खोजतसाल टोलीमा २० चिनियाँ र १९ नेपालीले काम गरिरहेका थिए ।

खानीको खोज तलासमा आएका चिनियाँ प्राविधिक सङपिङ्गले भने सुनखानी भेटिने संभावना धेरै रहेकाले आफूहरु थप लगानीसहित काम गर्ने निष्कर्षमा आफूहरु पुगेको बताउनुभएको थियो । त्यो सम्बन्धी समाचार पढ्नुहोस : जाजरकोटमा सुनखानीको संभावना

प्रतिक्रिया दिनुहोस

Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया