MENU

जनसरोकार

USAID

​पहाडी क्षेत्रमा पुराना बस चल्न नदिइने

रुपन्देही, जेठ ५ – पश्चिमका पहाडी जिल्लामा पुराना बस चल्न नदिइने भएको छ । पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका अनुसार सन् २००३ को मोडल भन्दा पुराना गाडि पश्चिमका पहाडि जिल्लामा चल्न नदिइने भएको हो ।

सन् २००० मोडल सम्मका बस चलाउँदै आएको समितिले अब २००३ मोडल भन्दा पछाडिका बसहरु मात्र चलाउने पाइने गरि निर्णय गरेको हो ।

दुर्घटनाको जोखिम न्युनिकरण र स्तरीय सेवाका लागि भन्दै गरिएको यो निर्णयपछि एक सयको हाराहारीमा पुराना बसहरु बिस्थापित हुने पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले जानकारी दिनुभयो । 

बुटवललाई प्रस्थान बिन्दु बनाएर गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, बाग्लुङ्ग लगायतका जिल्लामा गुड्ने सहित संघमा २ हजार ६ सय बस आबद्ध रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया