MENU

जनसरोकार

USAID

बेलायतको संस्थाले नेपालमा बाघ संरक्षणमा सघाउने

काठमाडौं, जेठ ५ – राष्ट्रिय प्रकृति संरक्षण कोष र जियोलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) बिच बाघ संरक्षणका लागि सम्झौता भएको छ । 

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले आयोजना गरेको बाघको बासस्थान संरक्षणसम्बन्धी कार्यक्रममा भारतीय सिमावर्ती क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा बाघ संरक्षणका क्रियाकलाप सञ्चालन गर्न सहमति भएको हो । 

बाघको सङ्ख्या घट्दै गएको अवस्थामा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर गर्ने विश्वव्यापी लक्ष्य एवं पछिल्लो एक वर्षमा पश्चिम तराईमा बाघ तस्करी बढेको भन्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन समेतलाई मध्यनजर गरी बाघ संरक्षणको कार्यक्रम अघि बढाउन लागिएको कोषले जनाएको छ ।    

पर्सा वन्यजन्तु आरक्ष, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा आसपासको मध्यवर्ती क्षेत्रमा बाघ संरक्षणका क्रियाकलाप सञ्चालन गर्न कोषका सदस्यसचिव गोविन्द गजुरेल र जेडएसएलका राष्ट्रिय प्रबन्धक डाक्टर हेमसागर बरालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

यसको लागि आइयुसिएनको बाघको बासस्थान संरक्षणसम्बन्धी कार्यक्रम र केएफडब्लुले जेडएसएलमार्फत रकम उपलब्ध गराएको र कोषले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, जेडएसएल तथा स्थानीय समुदायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने सदस्यसचिव गजुरेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया