MENU

जनसरोकार

Ncell Axiata
USAID

दुईतर्फी नै खुल्यो नारायणगढ-मुग्लिन सडक

चितवन, जेठ ५ – पहिरोका कारण मंगलबारदेखि एकातर्फी सञ्चालन हुँदै आएको मुग्लिन नारायणगढ सडक खण्डमा बुधबार बिहान पहिरो हटाएपछि दुबैतर्फी सञ्चालनमा आएको छ । 

सडक सुचारु भएपछि रोकिएका गाडि अहिले गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेलुबा अवरुद्ध बनेको सडक राति पहिरो पन्छाएर एकातर्फ खुलाइएको थियो । बुधबार बिहानबाट भने दुईतर्फी बाटो खुलेपछि यातायात सहज बन्दै गएको चितवन प्रहरीले जनाएको छ । 

मङ्गलबार बेलुबा भएको वर्षासँगै चण्डीभज्ञ्याङ-९ स्थित नौ किलो भन्ने स्थानमा पहिरो खसेको थियो । पहिरोका कारण अवरुद्ध भएको सडक राति १० बजेदेखि एक्साभेटरको सहयोगमा एकतर्फी मात्रै सडक सञ्चालन गरिएको थियो । सडक विस्तारको क्रममा रहेकाले सामान्य पानी आउने बित्तिकै पहिरो खस्ने गरेको छ । हप्ता दिनको अन्तरालमै दुईपटक पहिरोले बाटो अवरोध गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस

Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया