MENU

जनसरोकार

Ncell Axiata
USAID

तीन वर्षभित्र उत्पादन गर्ने गरी पट्रोलिय पदार्थको अध्ययन सुरु

काठमाडौं, जेठ ५– तीन वर्षभित्र व्यवसायिक रुपमा उत्पादन गर्ने उद्देश्यसहित उद्योग मन्त्रालयले चीनको सहयोगमा देशका विभिन्न भाग पेट्रोलिय पदार्थको अनुसन्धान सुरु गरेको छ ।

३५ वर्षअघि नै देशलाई १० भागमा विभाजन गरेर पेट्रोलिय पदार्थको अध्ययन थालिए पनि विभिन्न कारणले अघि बढ्न सकेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबिच पेट्रोलिय पदार्थको अध्ययन अनुसन्धान गर्ने सम्झौतामा हस्ताक्षर भएपछि काम अघि बढेको हो ।

सरकारले पहिलो चरणमा तीन ठाउँमा अध्ययन पूरा गरेर उत्पादन गर्ने उद्देश्यसहित काम थालेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । मोरङ, दैलेख र लुम्बिनीमा अध्ययन थालिएको छ । चिनियाँ टोलीले दैलेखको अध्ययन सकेर मंगलबारदेखि मोरङको बाहुनीमा पुगेको छ ।

बाहुनीबाट फर्केपछि मन्त्री पाण्डेले उज्यालोसँग भन्नुभयो, ‘देशकै ठूलो भण्डारण बाहुनीमा रहेको यसअघिका अध्ययनले पनि देखाएको थियो ।

पछिल्लो अध्ययनले पनि त्यस्तै संकेत गरेको प्राविधिक टोलीको भनाई छ । हामी उत्साहित छौं ।’ बाहुनीपछि टोलीले लुम्बिनीको अध्ययन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस

Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया