MENU

जनसरोकार

Ncell Axiata
sagun

खानेपानी नभएर विद्यार्थीले स्कुल ‘बंक’ गर्न थाले

राजेन्द्र कार्की/उज्यालो । 

जाजरकोट, जेठ ६ - जाजरकोट सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल र शिक्षण संस्थाहरुमा खानेपानीको हाहाकार भएको छ । अस्पतालमा पानी नहुँदा बिरामीको सरसफाई र उपचारमा समस्या परेको छ । विद्यालयमा पानी नहुँदा विद्यार्थीलाई झनै समस्या भएको छ । ७ सय विद्यार्थी अध्ययन गर्ने सदरमुकामस्थित त्रिभुवन उच्च माविको धारामा पानी आउन छोडेको एक हप्ता भयो । बिहान ११ कक्षाको परीक्षा सञ्चालन भएका कारण दिउँसो पढाई हुने विद्यालमा खानेपानी नपाउँदा विद्यार्थीहरु स्कुल बंक अर्थात पढाई छोडेर भाग्ने गरेका छन् । 

‘पानी प्यासले सताउँछ नभागेर के गर्नु त ? स्कुलमा पानी पाईदैन’ एक विद्यार्थीले आफ्नो पीडा सुनाए । दैनिक २ हजार लिटर पानीको आवश्यक पर्ने विद्यालयमा खानेपानी आपूर्ति नहुँदा निकै समस्या परेको प्राचार्य हेरम्बबहादुर शाहले बताउनुभयो ।

‘मुहानमै पानी छैन । समुदायलाई नै पुग्दैन विद्यालयमा कसरी पानी आओस्’ उहाँल भन्नुभयो । खानेपानी समस्याले विद्यालयमा विद्यार्थी आउन छोडेको र आएका पनि हाप छुट्टीमै भाग्ने गरेको उहाँले बताउनुभयो । यो विद्यालय मात्र होइन सदरमुकामस्थित ४ ओटा निजी विद्यालय र ३ ओटा सरकारी विद्यालयमा अध्ययनरत २ हजार विद्यार्थी खानेपानी नपाउँदा काकाकुल भएका छन् ।

कुदुमा पनि उस्तै समस्या

जाजरकोट भेरीमालिका नगरपालिका १३ कुदुमा खानेपानीको हाहाकार भएको छ । खडेरी र गर्मीले पानीका मुहान सुकेपछि खानेपानीको हाहाकार भएको हो । झण्डै ४ सय घरधुरी रहेको कुदुमा खानेपानीको समस्या भएपछि त्यहाँका बासिन्दा डेढ घण्टा पैदल हिँडेर भेरीको धमिलो पानी खान बाध्य भएका छन् । त्यहाँ रहेका विद्यालय र स्वास्थ्य संस्थामा पनि खानेपानीको निकै समस्या देखिएको छ । 

स्थानीय भगवती माद्यामिक विद्यालयमा ८ कक्षामा अध्ययनरत नानकला गिरीको साँझ र बिहानको समय पानी बोक्नमै बित्ने गरेको छ ।

घरमा गृहकार्य गर्ने उनको इच्छा भएपनि एक गाग्री पिउने पानीको लागि आउजाउ गरी तीन घन्टा हिँडेर  भेरीको पानी बोक्नु पर्ने बाध्यता छ  । खानेपानीको समस्याका कारण उनको पढाई समेत प्रभावित भएको छ । त्यही विद्यालयमा ६ कक्षामा पढ्ने पवित्रा गिरीको समस्या पनि उस्तै छ ।

‘बिहान बेलुका एक एक गाग्री पानी लिन जाँदैमा समय बितिहल्छ कतिबेला पढ्ने’ उनले भनिन्, ‘गाँउमा खानेपानी नै नभएपछि भेरीको धमिलो पानी खान बाध्य छौं ।’ गाउँबाट नदी पुगेर पानी लिएर फर्कन झण्डै ३ घण्टा समय लाग्ने उनले बताइन् । आफू जस्तै सबै स्कुले विद्यार्थी विहान बेलुका पानी लिन जानु पर्ने बाध्यताका कारण राम्रोसँग पढ्न नपाएको पवित्राले सुनाइन् । 

कुदुकी ६७ वर्षीया कमला आचार्यलाई अचेल एक गाग्री पानीको कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउने गरेको छ । बिहान उठ्ने बित्तिकै भेरी किनारमा पुगेर पानी ल्याउने उनको दैनिकी जस्तै बनेको छ । ‘खानेपानीको साह्रै समस्या भयो हजुर हाम्रो समस्या सरकारले कहिल्यै देखेन न त नेताहरुले सुने’ उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस

Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया