MENU

जनसरोकार

USAID

खडेरी प्रभावित ५ जिल्लामा बढी खाद्यान्न

काठमाडौं, जेठ ६ - सरकारले खडेरी प्रभावित जिल्लामा खाद्यान्नको कोटा बढाएको छ । यसवर्ष कर्णालीका चार र बाजुरा गरी पाँच जिल्लामा खाद्यान्नको कोटा बढाइएको खाद्य संस्थानले जनाएको छ । 

संस्थानका प्रवक्ता पवनकुमार कार्कीका अनुसार नियमित कोटामा ३० हजार क्वीन्टल चामल थप गरिएको छ । संस्थानले यसअघि ६०/६२ हजार क्वीन्टल चामल बिक्रि वितरण गर्दै आएको थियो । कर्णाली हुम्ला, डोल्पा, मुगु, कालिकोट र जुम्लामा पर्याप्त मात्रा खाद्यान्न मौज्दात रहेकाले समस्या नहुने प्रवक्ता कार्कीले बताउनुभयो ।

बाजुराका केही भेगमा भने ढुवानीमा समस्या भएको र थप खर्चका लागि आपूर्ति मन्त्रालयलाई जनकारी गराइसकेको संस्थानले जनाएको छ । यस्तै सुख्खा र खडेरी प्रभावित अरु जिल्लामा भने डिपो नहुँदा कर्मचारीलाई नै खटाइएको छ । 
अबको एक हप्तापछि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयनमा ती क्षेत्रमा खाद्यान्न ढुवानी थाल्ने संस्थानले जनाएको छ । यस्तै सरकारले भूकम्प पीडितका नाममा बंगलादेशले पठाएको चामल अब खडेरी प्रभावित जिल्लामा बिक्री गर्ने भएको छ । भूकम्प गएको एक वर्षपछि पीडितको नाममा आएको चामल सरकारले बिक्री गर्न लागेको हो । खडेरी प्रभावित क्षेत्रमा कामका लागि खाद्यान्न कार्यक्रम मार्फत राहतमा आएको चामल बिक्री हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया