MENU

जनसरोकार

USAID

यसकारण समुद्रमा नेपालको पानीजहाज चलाउन सम्भव

पी.टी.लोप्चन/उज्यालो । 

काठमाडौं, जेठ ६ – नेपालले आफ्नै पानीजहाज किनेर हिन्द र प्रशान्त महासागरमा चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई यतिबेला चर्चामा छ । चिया पसलदेखि सामाजिक सञ्जालसम्म प्रधानमन्त्री ओलीको भाषणलाई लिएर टिकाटिप्पणी भइरहेका छन् । भूपरिवेष्ठित देश नेपाल, कुनै समुद्रसँग नजोडिएकाले पनि पानीजहाजको कुरालाई हावादारी गफ भनेर उडाइरहेका छन् । 

तर पानी जहाज किन्ने कुरा अहिलेमात्र उठेको विषय भने होइन । आजभन्दा ४४ वर्षअघि नै तत्कालीन राजा महेन्द्रकै पालामा नेपालले पानी जहाज किनेको थियो । तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य कृष्णप्रसाद भण्डारीका अनुसार रोयल नेपाल सिपिङ कर्पोरेसन स्थापना गरी ब्रिटिस कम्पनीसँग पानी जहाज किनिएको थियो । जहाजको केही पैसा तिरेपछि बाँकी पैसाका लागि सरकारले जमानी बस्नुपर्ने भयो, तर जमानी बस्न सरकारले हिच्किचाएपछि ब्रिटिस कम्पनीले जहाज फिर्ता लगेको थियो । 

पानीजहाज किन्नका लागि त्यसबेला हर्ताकर्ता गरेका थिए तुलसी गिरी र डाक्टर जोगेन्द्र झाले । तुलसी गिरी तत्कालीन राजा महेन्द्रका विश्वास पात्र हुनुहून्थ्यो भने जोगेन्द्र झा तुलसीको सहपाठी हुनुहुन्थ्यो । जोगेन्द्र झाले रोटरी क्लब काठमाडौंमा गरेको कुराकानी सम्झिंदै साहित्यकार कमलमणि दीक्षित भन्नुहुन्छ ‘अब नेपालको आफ्नै पानी जहाज हुनेछ, त्यो पानी जहाज सामान्य होइन ठूलो टनेजको हुनेछ भनेर जोगेन्द्र झाले भन्नुहुन्थ्यो, त्यसबेला उहाँ प्रेसिडेन्ट हुनुहुन्थ्यो, म सेक्रेटरी थिएँ, पछि पानी जहाज सम्बन्धी ऐन बन्ने कुरा भयो, त्यतिबेला पनि मैले सुझाव सहित गोरखापत्रमा लेखेको थिएँ नेपाल पानी जहाज ऐन भनेर राख्नुपर्छ भनेर ।’

पानी जहाज सन्चालन सम्बन्धी चारवटा ऐन पनि बनेका छन् । नेपाली पानी जहाजलाई विदेशी बन्दरगाह वा विदेशी क्षेत्रीय समुद्रमा रहँदा सन्धिद्वारा प्रदत्त सुविधा तथा शुल्कहरु र समुद्रमा रहँदा उचित सम्मानको अधिकार दिलाउने उद्देश्यले नेपालको व्यापारिक पानी जहाजको झण्डा सम्बन्धी ऐन २०२७ बनेको थियो । यस्तै पानी जहाज दर्ता ऐन २०२७, नेपाल पानी जहाज (प्रमाणपत्र र रोजनामन्चा) ऐन, २०२७ र नेपाली पानी जहाज दर्ता नियमावली, २०२८ पनि जारी गरिएको थियो । पानी जहाज दर्ता ऐन, २०२७ ले कुनै व्यक्ति वा संस्थाले पानी जहाज दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । 

४४ वर्षअघि नै सम्भव देखिएको काम, अहिले गर्न असम्भव नरहेको कानुन व्यवसायी बालमुकुन्द श्रेष्ठको भनाई छ । ‘नेपालको कानुनले विदेशी समुद्रमा पानी जहाज किनेर व्यवसायिक प्रयोजनमा लगाउन सकिने भन्ने स्पष्ट व्यवस्था गरेको छ, मालबाहक तथा यात्रु दुवैको सुविधाका लागि सन्चालन गर्न सकिने भन्ने ऐनले व्यवस्था गरेपछि असम्भव चाहिं के छ त ? प्रक्रिया अगाडि बढाए नीजि क्षेत्रले लगानी गर्न सक्छ, नीजि क्षेत्रले चासो नदेखाए सरकार आफैले पनि लगानी गर्न सकिन्छ नि’ कानुन व्यवसायी श्रेष्ठले भन्नुभयो । 

अर्का कानुन व्यवसायी अर्थबहादुर हमाल पनि पानी जहाज किनेर राष्ट्रिय झण्डा फहराउने कुरा गर्दैमा हावादारी भन्न नमिल्ने बताउनुहून्छ । उहाँको भनाईमा भाषण मात्र गर्ने तर काम नगर्ने हो भने मात्र हावादारी हुन्छ । नेपालको व्यापारिक पानी जहाजको झण्डा सम्बन्धी ऐन, २०२७ को दफा ५ उपदफा १ ले नेपाल पानी जहाज कार्यालयमा दर्ता भएको हरेक नेपाली पानी जहाजको नेपालको व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्ने अधिकार र कर्तव्य हुने व्यवस्था गरेको छ । यस्तै उपदफा २  मा त्यस्तो झण्डा पानी जहाजको पछिल्लो भाग (स्टर्न) मा रहेको ध्वजदण्ड  वा पछिल्लो मस्तूलमा फहराउनुपर्ने उल्लेख छ । 

नेपालमा सिंगापुर र श्रीलंकाबाट भारतको कलकत्ता बन्दरगाह हुँदै सामान भित्रिने गर्छ । नेपालको ऐन कानुनले पानी जहाज किन्ने र दर्ता गर्ने बाटो खुल्ला गरेपनि तत्काललाई भारतसँगको व्यापार तथा पारवहन सम्झौता बाधक रहेको विश्लेषकहरु बताउँछन् । यो बाधा हटाउने र भाषण भन्दा काम गरेर देखाउने हो भने विदेशका समुद्रमा नेपाली झण्डा फहराउँदै पानी जहाज चलाउन सम्भव छ । 

प्रतिक्रिया दिनुहोस

Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया