MENU

जनसरोकार

Ncell Axiata
sagun

​विदेश जाने घटेसँगै रेमिट्यान्स पनि कम

काठमाडौं, जेठ ७ – विदेशमा रहेका नेपालीले बैंकिङ माध्यमबाट पठाउने रेमिट्यान्सको वृद्धिदर घट्न थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ  । राष्ट्र बैंकले पछिल्लो नौ महिनाको अवधीमा गरेको समीक्षामा रेमिट्यान्स्को वृद्धिदर घटेको देखाएको हो ।  

‘वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएकाले यो वर्ष रेमिट्यान्स्को वृद्धिदरमा कमी आएको हो’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पाण्डेले भन्नुभयो ।  

चालू आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जानेको संख्या २५ प्रतिशतले घटेर ३ लाख ११ हजारमा सीमित भएको छ । गएको वर्षको यही अवधिमा ४ लाख १६ हजार नेपाली रोजगारीको लागि विदेश गएका थिए । 

राष्ट्र बैंकले गरेको समीक्षाका आधारमा आर्थिक वर्ष ०७१÷०७२ को भदौमा खस्किएको रेमिट्यान्स कात्तिकदेखि सुध्रिन थालेको थियो । त्यसपछि लगातार सुध्रिरहेको रेमिट्यान्स् गत आवको अन्त्य असारमा वृद्धिदर १३.६ प्रतिशत पुगेको थियो । 

यस क्रमले चालू आवको पहिलो दुई महिनासम्म निरन्तरता पायो । ०७२ भदौमा रेमिट्यान्स वृद्धिदर २७.५ प्रतिशतसम्म पुगेकोमा असोजदेखि ओरालो लाग्न थालेको हो । गएको वर्ष भूकम्पपछि उच्च दरमा बढ्न थालेको रेमिट्यान्स वृद्धिदर चालू आर्थिक वर्षको असोजदेखि ओरालो लाग्न थालेको थियो । तर, असोजदेखि फेरि रेमिट्यान्स घट्न थालेको हो । 

असोजमा २४ प्रतिशत वृद्धिदर रहेको रेमिट्यान्स चैतसम्ममा १३ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा ४ खर्ब ८१ अर्ब ६९ करोड रेमिट्यान्स भित्रिएको छ ।

निरन्तर रुपमा रेमिट्यान्स घट्न थालेपछि राष्ट्र बैंकका अधिकारीहरुले विदेश गएका नेपालीले रेमिट्यान्सको सट्टा मोबाइल, सुन, टिभीलगायतका भौतिक सामाग्री ल्याउने क्रम बढेकाले पनि रेमिट्यान्समा असर परेको विश्लेषण गरिरहेका छन् । 

रेमिट्यान्स्ले चालु आर्थिक वर्षमा मात्रै कुल ग्राहस्थ उत्पादनमा ३२ प्रतिशत योगदान पुर्याउँदै आएको छ भने अघिल्लो वर्ष यसले २९ प्रतिशत योगदान दिएको राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया