MENU

समाज

ujyaalo forign call inside

गौ पूजाका लागि ‘नौ मुठेँ’ गाई

धनगढी, ३२ जेठ–कैलाली जिल्लाको बेहडाबाबा धाममा सोमबारदेखि सुरु भएको गङ्गा दशहरा धार्मिक महोत्सवमा गरिने भेनु मानस पाठ यज्ञ (गौ पूजा) एवं दर्शनका लागि लोपोन्मुख ‘नौ मुठे’ गाई ल्याइएको छ । 

हातको मुट्ठीले गाईको उचाइ नाप्दा नौ मुठी पुग्ने भएकाले यो गाईलाई ‘नौ मुठेँ’ गाईको नाम दिइएको हो । नेपालको अछाम जिल्लामा मात्रै पाइने बताइएको यो गाई ८० सेन्टिमिटर उचाईको रहेको गौ पूजा कथा वाचक पण्डित कृष्णमोहन जोशीले बताउनुभयो । 

पछिल्लो समयमा ‘नौ मुठेँ’ गाई लोपोन्मुख अवस्थामा पुगेको भन्दै यसको संरक्षणका लागि चेतना अभिवृद्धि गर्ने उद्दश्यले नेपालमै पहिलो पटक गौ पूजा गरिएको आयोजक आयोजक समितिले जनाएको छ । नौमुठे गाई विश्वमै सबैभन्दा सानो दुधालु गाई रहेको भनी गिनिज बुकमा नाम दर्ता भएको कथा वाचक जोशीले बताउनुभयो । 

धनगढी उप महानगरपालिका–१६ मा रहेको बेहडाबाबा धाममा गङ्गा दशहराका दिन ठूलो मेला लाग्ने गर्दछ । यो मेलामा नेपाल र भारतबाट ठूलो संख्यामा भक्तजन बेहडाबाबा धाममा आउने थालेका छन् । भारतीयले बेहडाबाबालाई कूलदेवताका रुपमा पुज्ने गरेका छन् । 

गङ्गा दशहराको दिन बेहडाबाबा मन्दिरमा पुगेर भगवान शिवको पूजा गरेमा सम्पूर्ण पापबाट मुक्ति पाइने जनविश्वास रहेको छ । प्राचीनकालमा अहिलेकोे बेहडाबाबा धाम रहेको जंगल क्षेत्रमा गाईवस्तु चराउने क्रममा भारतका एक ग्वाला (गोठाला) ले गाईले नियमितरुपमा दूध खसाउने गरेको र दूध खसाउनुको कारण पत्ता लगाउँदै जाँदा उक्त स्थानमा शिवलिङ्ग फेला पारेपछि त्यसै समयदेखि त्यस क्षेत्रमा बेहडाबाबा मन्दिर निर्माण गरी शिवलिङ्गको पूजाअर्चना गरिँदै आएको हो भन्ने किङ्वदन्ती छ ।

धनगढीदेखि करिब १५ किमी पूर्व उत्तरतर्फ पर्ने यो धार्मिक क्षेत्रको उचित प्रसारप्रसारका साथै आवश्यक भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन । रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया