MENU

अन्तर्वार्ता

USAID

​कोलम्बियन सरकार र फार्क विद्रोहीबिच युद्धविराम सम्झौता

असार १० – कोलम्बिया सरकार र त्यहाँको फार्क विद्रोहीबिच युद्धविराम सम्बन्धी ऐतिहासिक शान्ति सम्झौता भएको छ । सम्झौतासँगै ५० वर्षदेखिको द्वन्द्व अन्त्य हुने विश्वास लिइएको छ । सम्झौतापछि कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोषले आफ्नो देशले युद्ध झेलिरहेको र समाधानका लागि सम्झौता बाहेके अरु कुनै विकल्प नभएको बताए । यस्तै फार्क विद्रोहीले कोलम्बियामा अब शान्ति कायम हुने भन्दै युद्धको अन्तिम दिन जस्तै भएको बताएका छन् । 

शान्ति सम्झौताअनुसार विद्रोहीले ६ महिना भित्र हतियार बिसाउने छ । कोलम्बियामा चलेको द्वन्द्वका कारण दुई लाख भन्दा धेरै नागरिकको ज्यान गएको थियो । ७० लाख भन्दा धेरै विस्थापित भएका थिए ।   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया