MENU

खेल

ujyaalo forign call inside

​स्पेनका कोच बोस्क्युले दिए राजिनामा

असार १७ – स्पेनका कोच भिसेन्ट डेल बोस्क्युले कोचबाट राजिनामा दिएका छन् । ६५ वर्षे कोच बोस्क्युले स्पेनलाई प्रिक्वाटरफाइन भन्दा अगाडि बढाउन नसकेपछि राजिनामा दिएका हुन् ।लुइस एरोगोन्सले कोचबाट राजिनामा दिएपछि बोस्क्युले स्पेनी टोलीको कोच सम्हालेका थिए । बोस्क्युले कोच सम्हालेपछि स्पेनलाई २००८ को युरोकप, २०१० को विश्वकप र २०१२ को युरोकप उपाधि दिलाएका थिए । 

राजिनामा दिने क्रममा डेल बस्क्युले भने ‘मलाई कोचमा रहिरहने कुनै चाहाना छैन । यो कुनै विषयबस्तु होइन, युरोकपमा के भयो भन्ने । मलाई यो पनि संका छैन मेरो भविष्य के हुन्छ भन्ने ।’ बोस्क्युले सन् २०१४ को विश्वकपमा स्पेन लिग चरणबाटै बाहिरीएपछि पनि राजिनामा दिएका थिए । स्पनेले उनलाई आग्रह गरेपछि पुनः स्पेनको  कोचमा फर्केका थिए । 

स्पेनले जारी युरोकपको लिगमा चेक रिपब्लिक र टर्कीलाई हराएको थियो । क्रोएसियासँग हार बेहोरेर समूह उपविजेता हुँदै प्रिक्वाटरफाइनल पुगेको स्पने इटालीसँग २–० को हार बेहार्दै घर फर्केको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया