MENU

खेल

Ncell Axiata
USAID

युरोकप फाइनल आज, ४० वर्षदेखि पोर्चुगलसँग हारेको छैन फ्रान्स

असार २६ – युरोकप फुटबलको उपाधिका लागि फ्रान्स र पोर्चुगल खेल्दै छन् । राति पौने एक बजे पेरिसको स्टेड डी फ्रान्समा पोर्चुगलले आयोजक फ्रान्सको सामना गर्नेछ । पोर्चुगल वेल्सलाई २–० तथा फ्रान्स विश्व विजेता जर्मनीलाई सेमिफाइनलमा २–० ले नै हराएर फाइनलमा आएको हो । पोर्चुगल पहिलो युरोकप उपाधि जित्ने लक्ष्यमा छ भने दुई पटकको विजेता फ्रान्स घरेलु मैदानको फाइदा लिँदै तेस्रो पटक उपाधि उचाल्ने तयारीमा छ । फ्रान्स पछिल्ला १० खेलमा अपराजित छ भने पोर्चुगल सात खेलमा अपराजित छ । पोर्चुगलले दोस्रो पटक युरोकपको फाइनल खेल्न लागेको छ । तेस्रो पटक फाइलन खेल्न लागेको फ्रान्सले यसअघि फाइनलमा पुगेका बेला दुवै पटक उपाधि जितेको थियो । फ्रान्सले सन् १९८४ र २००० मा उपाधि जितेको थियो ।

विगत कस्तो ?

विगतको इतिहासमा फ्रान्स पोर्चुगल भन्दा बलियो छ । पछिल्ला १० खेलमा पोर्चुगलले फ्रान्सलाई हराउनु सकेको छैन । यी दुई देशबिच अहिलेसम्म सबै प्रतियोगितामा गरी २४ खेल भएकोमा फ्रान्स १८ खेलमा विजयी भएको छ भने पोर्चुगलले मात्रै पाँच वटा खेल जितेको छ । पोर्चुगलले ४० वर्षदेखि फ्रान्सलाई हराउन सकेको छैन । पोर्चुगलले फ्रान्सलाई पछिल्लो पटक हराएको भनेको सन् १९७५ मा हो । त्यसबेला मैत्रीपूर्ण खेलमा पोर्चुगलले फ्रान्सलाई २–० ले हराएको थियो । सन् २००६ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले पोर्चुगलाई १–० ले हराएको थियो । यो खेल पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई आफ्नो कप्तानीमा महत्वपूर्ण उपाधि दिलाउने अवसर हो ।

– स्रोत : युइएफए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया