MENU

खेल

Ncell Axiata
chhaka panja

रोनाल्डो भन्छन्–फ्रान्सको सम्भावना बलियो

असार २६ – १२ वर्षपछि पोर्चुगल फेरि युरोकपको फाइनल खेल्दैछ । घरेलु मैदानमा १२ वर्ष अघि सन् २००४ मा भएको युरोकपको फाइनलमा ग्रिससँग हारेर पोर्चुगलको मुटु तोडिएको थियो । टिममा त्यसपछि धेरै खेलाडी फेरिए लगभग सबै जसो नयाँ खेलाडी छन् । तर सन् २००४ मा पनि खेलेका क्रिष्टियानो रोनाल्डो अहिले टिमका कप्तान छन् । फाइनलसम्मको यात्रा तय गराएका रोनाल्डोलाई यो युरोकपमा फ्रान्सको सम्भावना बलियो लाग्छ । युइएफए डट कमसँगको अन्तर्वार्ताको क्रममा रोनाल्डोले घरेलु मैदान भएकाले फ्रान्सको सम्भावना बलियो रहेको बताएका हुन् । क्रिष्टियानो रोनाल्डोले युइएफए डट कमसँग भने ‘मेरो विचारमा उनीहरुको सम्भावना बलियो छ, किनकी उनीहरु घरेलु मैदानमा खेलिरहेका छन्, यो ठूलो प्लस प्वइन्ट हो । देशका सबै नागरिक उनीहरुलाई समर्थन गर्न तम्तयार छन् । तर यो फाइनल हो, जे पनि हुन सक्छ । हामी तयारी गरिरहेका छौं र हामीलाई हराउन कठिन हुनेछ । प्रतियोगिता सुरु भएदेखि अहिलेसम्म हामीलाई कसैले हराउन सकेको छैन । मलाई आशा छ कि फ्रान्सले पनि हामीलाई हराउने छैन ।’ रोनाल्डो फाइनल अघि निकै शान्त देखिएका छन् । उनले पेरिसबाट २५ किलोमिटर दक्षिण रहेको सुविधा सम्पन्न घरमा आराम गरेका थिए । उनले पोर्चुगलका लागि केही जित्नु आफ्नो लामो समयदेखिको इच्छा भएको बताएका छन् । ‘यो मेरो लामो समयदेखिको सपना हो ।’ उनले भने ‘यदी मैले पोर्चुगलका लागि केही जिते भने त्यो ठूलो सफलता हुनेछ । मलाई विश्वास छ, मेरा साथी खेलाडीलाई विश्वास, सबै पोर्चुगिजलाई विश्वास र फ्रान्समा रहेका पोर्चुगिज समुदायलाई पनि विश्वास छ कि हामी विजयी हुने छौं । फाइनलमा रहनुले फेरि केही प्राप्त गर्ने इच्छा जागेको छ । अहिले मेरा लागि अर्को अवसर र भाग्य आइपरेको छ । सबै कुरा राम्रो भयो भने आइतबार राति म पोर्चुगलका लागि दोस्रो फाइनल खेल्नेछु, र जित दिलाउने छु ।’

सन् २००४ को युरोकप फाइनलमा रोनाल्डो १९ वर्षका मात्रै थिए । त्यसबेला र अहिले धेरै कुरा परिवर्तन भएको छ । उनको पोजिसन, जर्सी नम्बर (२००४ मा १७ त्यसपछि ७) र खेल शैली तर केही कुरा अहिले पनि उस्तै छ । रोनाल्डोले भने ‘फाइनलमा जे पनि हुन सक्छ, हामीलाई थाहा छ उत्कृष्ट विपक्षीसँग खेल्दै छौं, राम्रो राष्ट्रिय टिम हो फ्रान्स तर सम्भावना दुवै तर्फ छ । हामी दुवैका लागि यो खेल निकै कठिन हुनेछ ।’

रोनाल्डोका लागि यो युरोकप कीर्तिमानी छ । उनी युरोकपका चार प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यस्तै उनले युरोकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमानमा मिचेल प्लाटिनीसँग बराबरी गरिसकेका छन् । दुवैले ९ गोल गरेका छन् । उनी यस्तै दुई वटा सेमिफाइनल खेल्ने पहिलो खेलाडी बनेका छन् । उनले भने ‘यस्ता कुरा भइरहन्छन् । मलाई कीर्तिमान भन्दा पनि टिमको सफलता चाहिएको छ ।’ पोर्चुगलले आइतबार राति पौने एक बजे युरोकपको फाइनलमा फ्रान्ससँग खेल्दैछ । 

– स्रोत : युइएफए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया