MENU

खेल

Ncell Axiata
sagun

पोर्चुगलका प्रशिक्षक भन्छन्–पहिले फ्रान्स, त्यसपछि पोर्चुगलको सम्भावना

असार २६ – पोर्चुगलले युरोकपको फाइनलमा आइतबार राति आयोजक फ्रान्ससँग खेल्दैछ । यो युरोकपमा अहिलेसम्म एक खेल पनि नहारेको पोर्चुगलले अहिलेसम्म ९० मिनेट भित्र जितेको खेल भनेको सेमिफाइनलमा मात्रै हो । अरु खेलमा कि बराबरीमा रोकिएको छ कि त अतिरिक्त समय वा पेनाल्टी सुटआउट भएको छ । पोर्चुगलका प्रशिक्षक फार्नान्डो सान्टोसले आफूहरुकोएक मात्र उद्देश्य फाइनल जित्नु रहेको बताएका छन् । प्रशिक्षक सान्टोसले भने ‘मैले पहिले नै भनेको थिएँ कि हाम्रो उद्देश्य भनेको फाइनल खेल्नु र जित्नु हो । पोर्चुगिज नागरिकलाई खुसी बनाउनु छ, त्यसैले हामीमा जित्छौं भन्ने ठूलो विश्वास छ ।’

पोर्चुगिज नागरिकलाई उत्साह मनाउने अवसर दिन चाहेको उनको भनाई छ । फ्रान्स उत्कृष्ट टिम रहेको उनले बताए । उनले भने ‘फ्रान्सको टिम कस्तो भनेर कुरा गर्नु पर्ने अवस्था नै देख्दिन । उ विश्वको उत्कृष्ट टिम मध्ये एक हो । मैले प्रतियोगिताको सुरुवात देखिनै भन्दै आएको थिएँ कि यो युरोकप जित्ने सम्भवना भएका टिम भनेका फ्रान्स, स्पेन र जर्मनी हुन् । त्यसमा अरु टिम पनि छन्, पोर्चुगलसहित । फ्रान्सको टिममा रहेका सबै खेलाडी उत्कृष्ट रहेको र उनीहरु सबै हाम्रा लागि चिन्ताको विषय हुन् ।’

फ्रान्स उत्कृष्ट खेलाडीले भरिएको विश्वको ठूलो टिम रहेको उनले बताए । तर पोर्चुगल पनि बलियो टिम रहेको र आफ्नो टिममा एक्लैले खेल जिताउने सामथ्र्य राख्ने खेलाडी रहेको प्रशिक्षक सान्टोसले बताए । समर्थकको साथ महत्वपूर्ण रहेको र उनीहरुको साथले खेल जिताउन आफूहरुलाई बल प्रदान गर्ने प्रशिक्षकको भनाई छ । 

– स्रोत : युइएफए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया