MENU

खेल

Ncell Axiata
chhaka panja

रोनाल्डो ठूलो चुनौती

असार २६ – फ्रान्स यसअघि दुई पटक युरोकपको फाइनलमा पुगेकोमा दुवै पटक विजेता बनेको छ । सन् १९८४ र २००० को विजेता फ्रान्सले आइतबार राति घरेलु मैदानमा हुने फाइनलमा पोर्चुगलसँग खेल्दै छ । पोर्चुगलमाथि फ्रान्सको इतिहास बलियो छ । ४० वर्षदेखि पोर्चुगललाई अपराजित रखेको फ्रान्सले अहिलेसम्म भएका २४ खेलमा १८ मा फ्रान्स विजयी भएको छ । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पसले आफूहरुसँग युरोपको च्याम्पियन बन्ने अवसर आएको बताएका छन् । उनले भने ‘खेलाडीलाई होम ग्राउण्डको फाइदा हुन्छ भन्ने थाहा छ, त्यसैले हामी यो अवसर खेर फाल्न चाहदैनौं ।’ पोर्चुगलसँगको खेल निकै भव्य हुने र आफ्ना खेलाडी तयार रहेको उनले बताए । उनले भने ‘मैले खेलाडीका रुपमा मुख्य प्रतिस्पर्धाको उपाधि जितेको छु, अब प्रशिक्षकका रुपमा जित्ने बेला आएको छ ।’ पोर्चुगलसँग धेरै क्षमता रहेको उनले बताए । प्रतियोगिताको सुरुपमा ओलोचना भएको पनि अहिले राम्रो गरेर नै फाइनलमा आएको उनको भनाई छ । पोर्चुगलको टिममा सबै खेलाडी राम्रा रहेको तर त्यसमाथि पनि कप्तान क्रिष्टियानो रोनाल्डो सबै भन्दा ठूलो चुनौती रहेको उनको भनाई छ । 

– स्रोत : युइएफए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया