MENU

खेल

Ncell Axiata
chhaka panja

​पेपे टिममा फर्केपछि पोर्चुगल खुसी

काठमाडौं, असार २६ – पोर्चुगलका डिफेन्डर पेपे युरो कपको फाइनलका लागि खेल्न सक्ने भएका छन् । पोल्याण्डसँगको क्वाटर फाइनलमा घाइते भएका कारण उनले वेल्ससँगको सेमिफाइनल खेल गुमाएका थिए ।

तर उनी बिहीबार र शुक्रबार टिमसँगै अभ्यासमा देखिएका थिए । शनिबार पनि अभ्यासमा टिमसँगै देखा परेका पेपेले आफू निको भएको र फाइनल खेल्न पूर्ण रुपमा तयार रहेको बताएका छन् । फ्रान्सविरुद्धको फाइनलमा आफूले सकेको खेल्ने भन्दै पेपेले फाइनलमा गोल गर्न सके राम्रो हुने बताए । सन् २००७ देखि पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्न थालेका पेपेले ७४ खेलमा ३ गोल गरेका छन्  । उनले ३ मध्ये २ गोल युरो कपमा नै गरेका छन् । सन् २००८ को युरो कपमा टर्कीविरुद्ध र २०१२ को युरोमा डेनमार्कविरुद्ध गोल ठोकेका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया