MENU

खेल

Ncell Axiata
sagun

पोर्चुगलले उचाल्यो युरोकपको उपाधि

असार २७ – युरोकप फुटबल २०१६ को उपाधि पोर्चुगलले जितेको छ । सोमबार बिहान पेरिसको स्टेड डी फ्रान्समा भएको फाइनलमा घरेलु टोली फ्रान्सलाई १–० ले हराएर पोर्चुगल युरोपको च्याम्पियन बनेको हो । ९० मिनेटमा दुवै तर्फबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा धकेलिएको खेलमा एडरले गोल गर्दै पोर्चुगललाई जित दिलाए । सबस्टिच्युट एडरले एक सय नवौं मिनेटमा पोर्चुगलका लागि विजयी गोल गरेका हुन् । २५ औं मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डो घुँडाको चोटका कारण मैदानबाट बाहिरिएपछि पोर्चुगल दबाबमा परेको थियो । रोनाल्डो फ्रान्सका दिमित्री पेयटसँगको ट्याकलको क्रममा चोटग्रस्त भएका हुन् । चोटग्रस्त भएका रोनाल्डोले केही समय खेल्ने प्रयास गरेका थिए । तर नसकेपछि उनी रुँदै मैदानबाट बाहिरिएका थिए । रोनाल्डो बाहिरिएपछि थप दबाबमा परेको पोर्चुगलले फ्रान्सले राम्रा अवसर बनाएपनि गोल गर्न दिएन । पोर्चुगलका गोलरक्षक रुई पेट्रिसियोले फ्रान्सका खेलाडीको पोस्ट प्रहारको सुन्दर बचाउन गरे । सन् २००४ मा घरेलु मैदानमा भएको खेलमा ग्रिससँग पराजित भएर उपाधि बिहिन भएको पोर्चुगलले १२ वर्षपछि दुई पटकको विजेता फ्रान्सलाई उसकै मैदानमा हराएर पहिलो पटक युरोकपको उपाधि उचाल्यो । पोर्चुगलले सेमिफाइनल वेल्स तथा फ्रान्सले जर्मनीलाई हराएको थियो ।

 

– एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया