MENU

खेल

Ncell Axiata
sagun

रोनाल्डोलाई पीडा र परमानन्द

असार २७ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोका लागि युरोकप २०१६ को फाइनल निकै पीडा र परमानन्दको संयोग बन्यो । २५ औं मिनेटमा रोनाल्डो घुँडाको चोटका कारण खेल्न नसकेर मैदानबाट बाहिरिँदा उनको आँखाबाट आँसु बगेको देख्दा टिमका साथी, रंगशालमा उपस्थित पोर्चुगलका समर्थक तथा विश्वभर रहेका उनका समर्थकको मन चुँडिएको थियो । महत्वपूर्ण खेलमा खेल्न नसक्दाको पीडा रोनाल्डोले रोक्न सकेनन् र त्यो आँसु बनेर बग्यो । उनीसँगै विश्वभरका पोर्चुगिज तथा रोनाल्डोका समर्थकको मन पनि उसै गरी भाँचियो । फ्रान्सका दिमित्री पेयटसँगको ट्याकलको क्रममा रोनाल्डोको घुँडामा चोट लागेको थियो । चोट लागेपछि पनि उनी केही बेर खेल्ने प्रयास गरे । तर पीडा बढ्दै गएपछि चिकित्सकले उनको खुट्टामा ब्यान्डेज बाँधिदिएर उनी मैदानमा फर्किए । तर त्यसपछि पनि खेल्न नसकेपछि रोनाल्डो रुँदै मैदानमै बसे । क्याप्टेनको ब्याच नानीलाई रुँदै लगाइदिए अनि स्ट्रेचरमा मैदान बाहिर आए । स्ट्रेचरमा रोनाल्डो रुँदै बाहिरिएको दृष्यले पोर्चुगिज समर्थकका लागि मात्रै होइन सम्पूर्ण फुटबल प्रेमिलाई दुखी बनायो । तर पोर्चुगिज टिमले हार मानेन । बलमा नियन्त्रण फ्रान्सका खेलाडीको भएपनि पोर्चुलगका खेलाडीले त्यसलाई गोलमा परिणत हुन दिएन्. । खेल अतिरिक्त समयमा धकेलियो । रोनाल्डो खोच्याउँदै मैदान बाहिर बसेर खेल हेर्न आए । उनले टिमका खेलाडीलाई बाहिरबाटै विभिन्न निर्देशन दिए । एक सय नवौं मिनेटमा एडरले गोल गरे । त्यसपछि फेरि रोनाल्डो रोए । तर यसपटक उनको आँखामा आँसु थियो भने मुहारमा हाँसो । चोटको पीडा परमानन्दमा बदलियो । क्लब फुटबलमा प्राय सबै उपलब्धि हाँसिल गरेका रोनाल्डोकै नेतृत्वमा पोर्चुगलले पहिलो पटक मुख्य प्रतिस्पर्धाको उपाधि उचाल्यो । 

- तस्बिर : युइएफए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया