MENU

खेल

Ncell Axiata
sagun

ग्रिजम्यानले जिते गोल्डेन बुट

असार २७ – फ्रान्सका एन्टोनी ग्रिजम्यानले युरोकप २०१६ को गोल्डेन बुट प्राप्त गरेका छन् । ६ गोल गरेका ग्रिजम्यानले प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका हुन् । उनले तीन गोल गरेका पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो तथा फ्रान्सकै ओलिभर जिरउडसहितका खेलाडीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । एथ्लेटिको मड्रिडबाट खेल्ने ग्रिजम्यानले अन्तिम १६ मा रिपब्लिक अफ आयरल्याण्डसँगको खेलमा दुई गोल गरेका थिए ।

यस्तै क्वाटरफाइनलमा आइस ल्याण्ड विरुद्धको खेलमा पनि उनले गोल गरेका थिए । यस्तै सेमिफाइनलमा जर्मनी विरुद्ध पनि ग्रिजम्यानले दुई गोल गरेका थिए । उनले त्यसअघि समूह चरणमा अल्बानियासँगको खेलमा एक गोल गरेका थिए ।

– स्रोत : युइएफए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

  • दिल्ली र राजस्थान रोयल्सका खेलाडी इपिएलमा ललितपुरबाट खेल्ने

    काठमाडौं, मंसिर ७ – आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् ।

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया