MENU

खेल

Ncell Axiata
USAID

३५ औं खेलमा जित्यो पोर्चुगलले उपाधि

असार २७ – पोर्चुगलले आयोजक फ्रान्सलाई हराएर पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि उचालेको छ । युरोकपको ३५ औं खेलमा पोर्चुगलले उपाधि उचाल्न सफल भयो । सन् २००४ मा उपविजेतामा सीमित भएको पोर्चुगलल सोमबार बिहान पेरिसको स्टेड डी फ्रान्समा भएको खेलमा फ्रान्सलाई अतिरिक्त समयमा १–० ले हराएर युरोपको च्याम्पियन बनेको हो । सन् २००६ को विश्वकपमा सेमिफाइनल, २००८ को युरोकपको क्वाटरफाइनल तथा २०१२ को युरोकपमा सेमिफाइनलमा पराजित भएको पोर्चुगलले अन्ततः रोनाल्डोको कप्तानीमा महत्वपूर्ण उपाधि उचाल्यो । पोर्चुगल युरोकपको उपाधि उचाल्ने १० फरक देश बनेको छ । यसअघि पश्चिम जर्मनी÷जर्मनी र स्पेन समान तीन पटक, फ्रान्स दुई पटक तथा ग्रिस, डेनमार्क, नदेरल्याण्डस, चेकोस्लोभाकिया, इटाली र सोभियत युनियन एक एक पटक विजेता बनेका छन् । 

– स्रोत : युइएफए 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया